OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

मुख्यमन्त्री जीविकोपार्जनसहित तीन कार्यविधि स्वीकृत

प्रदेश खेलकुद परिषद्का उपाध्यक्षसहित सदस्यहरु नियुक्त

कोरपाटी संवाददातापौष ७, २०७७ सुर्खेत
१३२४ पटक

७ पुस २०७७, मंगलबार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७’ सहित तीनवटा कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त मन्त्रिपरिषद् बैठकले तीनवटा कार्यविधि स्वीकृत गरेको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले बैठकबाट तीनवटा कार्यविधि र एउटा विधेयक स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा ‘द्वन्द्वपीडित घाईते उपचार राहत खर्च कार्यविधि, २०७७’ र सहकारी मन्त्रालयको प्रस्तावमा ‘सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यविधि, २०७७’ बैठकले स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, कानून मन्त्रालयकै प्रस्तावमा उक्त बैठकले ‘शान्ति तथा पुनस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृति प्रदान निर्णय गरेको मन्त्री केसीले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा बैठकले लोपोन्मुख राउटे जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रतिव्यक्ति राउटेलाई रु. दुई हजार उपलब्ध हुनेगरी प्रदेश सरकार अािर्थक मामिला तथा योजना मन्त्रालयबाट दैलेख गुराँस गाउँपालिकाकालाई वित्तिय हस्तान्तरण गर्ने र सो गाउँपालिकालाई नियमानुसार वितरण गर्न निर्देशन दिने निर्णय भएको छ ।

त्यसैगरी, बैठकले खाद्यान्न खरीदतर्फको शीर्षकमा विनियोजन भएको रकमबाट रु.१५ करोड र कोभिड शिक्षातर्फको खर्च शीर्षकमा विनियोजन गरेको रकमबाट रु.१० करोड बजेट क्रमागत आयोजनाहरुका लागि रकमान्तर गर्ने निर्णय गरिएको प्रवक्त केसीको भनाई छ ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्षसहित सदस्यहरु नियुक्त

कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश खेलकुद परिषद्’ उपाध्यक्षसहित सदस्यहरु नियुक्त गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा बैठकले परिषद्का पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेको हो ।

बैठकले परिषद्का उपाध्यक्षमा बीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका प्रमोद हमाल नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता केसीले जनाउनुभयो । उहाँका अनुसार सदस्यहरुमा चन्दननाथ नगरपालिका जुम्लाका सरोज शाही, साविक सर्केगाड गाविस ५ हुम्लाका टक्कबहादुर शाही, नारायण नगरपालिका ८ दैलेखका हेमा खड्का (अपांग), भेरी नगरपालिका ९ जाजरकोटका मोहनराज घर्ती, सिद्धकुमाख २ सल्यानका भुमाकुमारी बुढाथोकीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ मा उल्लेख भएबमोजिम परिषद्मा नियुक्त पदाधिकारी तथा सदस्यको अवधि चार वर्ष हुनेछ । त्यस्तै बैठकले खेलकुद परिषद्को सदस्य–सचिवमा सान्नीत्रिवेणी गाउँपालिका ६ कालीकोट जिल्लाका स्थायी निवासी विश्वमित्र सन्ज्याललाई नियुक्त गर्ने निर्णय गरेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्