OnlinePana

आज : २०८२ माघ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ६, २०७७
१३८९ पटक

६ पुस २०७७, सोमबार

बिलिभर्स इस्टर्न समुदाय सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भैरव माध्यमिक विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

उक्त समुदायले नजिकिँदै गरेको ख्रिष्टमसको अवसरमा भैरव माविका लागि स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीमा बढी भिडभाड हुने क्षेत्र विद्यालय भएकोले त्यहाँ अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा तथा शारीरिक तन्दुरुस्तीमा सहयोग पुगोस् भनेर स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको विलिभर्स इस्टर्न समुदाय सुर्खेतका अगुवा पूर्ण वर्देवाले जानकारी दिनुभयो ।

“हामीले सो विद्यालयमा सेनिटाईजर, माक्स, साबुन, हात सफा गर्ने बाल्टी, खेलकुदका लागि भलिबल र नेट प्रदान गरेको छौं,” अगुवा वर्देवाले भन्नुभयो, “बिगतका वर्षहरुमा पनि विद्यालय क्षेत्रमै शैक्षिक सामग्री प्रदान गरेका थियौं ।” बिलिभर्स समुदायले बर्सेनि अनाथ, असाहय जस्ता मानवी सेवा र विद्यालय क्षेत्रमा सहयोग पुर्याउँदै आएको उहाँको भनाई थियो । यता विद्यालय परिवारले भने सहयोगी संस्था इस्टर्न समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिकृया दिनुहोस्