OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७७काठमाडौं
६५५ पटक

जुम्ला, पुष ५ गते । संघीय संसद विघठन भएपछि देशभर नेकपाले नै विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठनको सिफारिस गरेपछि राष्ट्रिपति भण्डारीले प्रमाणित गर्नुभएको थियो ।

संसदनै विघठन भएपछि नेकपाका नेता कार्यकर्ता सडकमा आई विरोध प्रदर्शन गरेका छन् । जुम्लामा पनि नेकपाका नेता कार्यकर्ताले संसद विघठनको विरोधमा प्रदर्शन गरेका छन् ।

विशेषगरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव कुमार नेपाल निकटका नेता कार्यकर्ताहरुले जुम्ला बजारमा बिरोेध गरेका हुन् । नेकपाले गरेको प्रदर्शनमा नेकपा प्रदेश कमिटि सदस्य तथा तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले संसद विघठन कदम प्रधानमन्त्रीको संघीयता माथीको धावा रहेको बताउनुभयो । कोणसभामा वोल्दै यो असंवैधानिक कदम रहेको भन्दै खारेज हुनुपर्ने बताउनुभयो ।

संसद विघठन पछि भने नेकपाका नेता कार्यकर्तामा निरासा छाएको छ । सामाजिक सञ्जालमा आक्रोस पोख्नुका विभिन्न प्रतिक्रिया आएका छन् । प्रधानमन्त्री ओली निकटका नेता कार्यकर्ताले समर्थनको प्रतिक्रिया देखिएको छ भने प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीले सिफारिस गरेको संसद विघटन र निर्वाचनको प्रस्ताव अनुसार राष्ट्रपतिले संसद विघठन गर्दै आगमी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्