OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७७काठमाडौं
५०२ पटक

५ पुस २०७७, आईतबार

सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् ।

संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास छिरेका छन्।

आफ्नो पार्टी नेकपामा एक्लिदै गएका प्रधानमन्त्री ओली आइतबार बिहान संसद विघटन गर्ने निर्णयमा पुगेका थिए र त्यसलाई मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्न लगेका हुन्।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए । रातोपाटी/देशसञ्चारबाट

प्रतिकृया दिनुहोस्