OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ४, २०७७सुर्खेत
३०८ पटक

३ पुस २०७७, शनिबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकमा ४९४ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाएको प्रहरीले चालु आव.को चार महिनामा ४९४ प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनको क्रममा साउनदेखि कार्तिक महिनासम्म ४९४ फरार अभियुक्तलाई पक्राउ गरी अदालत समक्ष बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

“फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको नियमित काम हो,” प्रहरी नायब महानिरीक्षक पन्तले भन्नुभयो, “यो अभियान चालु आव.को साउनदेखि देशैभरि सञ्चालन भईरहेको छ । कर्णालीका फरार अभियुक्तको संख्या धेरै छ ।” यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराधहरु बढि मात्रामा रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले यो चौमासिकमा अपराध नियन्त्रणको क्षेत्रमा राम्रै प्रगति भएको बताउनुभयो । “हामीले अदालतको फैसला कार्यान्वयनको क्रममा साउन–कार्तिकसम्म ३७६ फरार अभियुक्तलाई पक्राउ ग¥यौ,” प्रहरी नायब उपरीक्षक बमले भन्नुभयो, “प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार अभियुक्तलाई पक्राउ गरिएको थियो ।”

पक्राउ पर्ने फरार प्रतिवादीहरुमा सबै भन्दा बढी संख्या सुर्खेत जिल्लामा रहेको उहाँले बताउनुभयो । प्रनाउ बमका अनुसार पक्राउ पर्ने फरार अभियुक्तहरुमा क्रमशः सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना रहेका छन् ।

उहाँले अगाडि भन्नुभयो, “फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका ३७६ अभियुक्तहरुलाई जिल्ला अदालतमा बुझाईएको छ । उनीहरुलाई २२७ वर्ष २ महिना २९ कैद हुनुका साथै रु.८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ ।”

प्रहरी अनुसन्धानको क्रममा पुराना मुद्दाका ११८ फरार अभियुक्तहरुलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिलमार्फत् सम्मानित जिल्ला अदालतहरुमा उपस्थित गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्