OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०७७सुर्खेत
१२१४ पटक

२ पुस २०७७, बिहीबार

कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थल तीनवटै सरकारको साझेदारीमा निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारले उक्त विमानस्थललाई एक हजार ५५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकेले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय गरेको हो । सुर्खेत विमानस्थललाई एप्रोच लाईट सुविधायुक्त विमानस्थलका रुपमा विकास गर्न दीर्घकालीन सोचसहित हाललाई एक हजार ५५५ मिटरको धावनमार्ग र रात्रीकालीन उडान भर्न सकिने विमानस्थलको रुपमा विकास एवं विस्तार गर्ने निर्णय गरिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

आज बसेको बैठकमा विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने निर्णय भएको कानूनमन्त्री भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्खेत विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ ।”

त्यस्तै, जग्गा प्राप्ति प्रक्रिया शीघ्रातीरुपमा अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिन भित्र मूल्याङ्कन समितिको बैठक आह्वान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ ।

उक्त रकम मध्येको पाँच प्रतिशत लागत रकम भने वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय आज भएको जनाईएको । रु.तीन अर्ब बजेट लाग्ने अनुमान गरिएको सुर्खेत विमानस्थल निर्माणका लागि संघ र प्रदेश सरकारबीच गत असोज १५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । संघ र प्रदेश सरकारबीच भएको समझदारी पत्रमा एक हजार ५०० मिटरमा धावनमार्ग विस्तार गर्नेगरी हस्ताक्षर भएको थियो ।

प्रतिकृया दिनुहोस्