OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०७७जुम्ला ।
७३९ पटक

पुष २ गते । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
महासंघ शाखा कार्यालयको आफ्नै भवनमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा महासंघले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, र सांगठनिक प्रतिवेदन पेश गर्दै पास गरेको छ ।

महासंघका उपाध्यक्ष नेत्र शाहीले प्रगति प्रतिवेदन, सचिव धनबहादुर बुढाले सांगठनिक र कोषाध्यक्ष ईश्वरी देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महासंघका उपाध्यक्ष नेत्रबहादुर शाहीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा पछिल्लो समयमा जुम्लामा व्यवसायीक पत्रकारितामा अग्रसरता देखिनुका साथै पत्रकारहरुको हक अधिकार, क्षमता अभिवृद्धि सहित जिल्लाका सरोकारवाला निकायहरुको सहकार्यमा सामाजिक सवालमा अग्रणी भूमिका खेल्दै आएको छ । जिल्लामा विभिन्न समयमा पत्रकारहरुको हक हित संरक्षणका लागि पैरवि, क्षमता अभिवद्धि तथा पत्रकार आचाँरसहिँताका तालिमहरु, स्थानीय प्रशासन सँगको सहकार्यमा सुचना प्रवाहमा सजिलो बनाउने काम देखी विभिन्न कामहरु महासंघले गरिरहेको छ ।

महासंघले जिल्लाका सरोकार राख्ने सवालहरु विधुत खानेपानी सहितका बिषयमा पटक पटक ध्यानाकर्षण सहित संचार माध्याम मार्फत उजार गर्न पहल गरिरहेको छ । उद्धाटनमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सूचनाको हक २०६४ को कार्यान्वयन हर प्रयास भईरहेको जानकारी दिनुभयो । जिल्लामा सरकारी कार्यालयको कार्यक्रम र बजेट पहिलो सार्वजनिक, स्तत प्रकाशन शुरु, सामाजिक संजाल र वेवसाईट सक्रिय वनाईएको बताउनुभयो । उहाँले राष्ट्रिय सूचना आयोगले नयाँ परिपत्र पठाएको जानकारी गर्दै अव ३,३ महिनामा के के सूचना दिईयो सो को अभिलेख समेत राख्न पाईने भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले परिर्तनमा पत्रकारहरुको भूमिका अग्रमोर्चामा रहेको भन्दै अहिले पनि पत्रकारितामा टिक्न कठिन भईरहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख बुद्ध नारायण साहनीले पत्रकार पनि मानव अधिकार रक्षक भएको भन्दै पत्रकारले लेखेका समाचार मानव अधिकारको प्रमाण र मुद्धाको रुपमा हुदै आएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले महासंघलाई साझा रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व अध्यक्ष भीम कसिंगरले सरकारी कार्यालयले सूचनालाई प्रथामिकता दिनुपर्ने र पत्रकारहरुले खोजमुलक पत्रकारितामा जोड दिनु पर्ने बताउनुभयो । प्रदेश सदस्य कृष्णमाया उपाध्यायले महिला सभागिता महासंघमा बढाईनुपर्ने बताउनुभयो ।

उद्धाटन कार्यक्रममा गैसस महासंघ अध्यक्ष अमर रोकाया, नागरिक समाज अध्यक्ष राजबहादुर महत, उद्योग बाणिज्य संघ बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटा लगायत सरकारी कार्यालय प्रमुखहरु, सरोकारवाला निकायहरु, पत्रकारका  संगठन प्रमुखहरुले  शुभकामना मन्तब्य दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्