OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७७सुर्खेत
९७५ पटक

१ पुस २०७७ बुधबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चालु आव.२०७७र७८ का लागि रु.८० करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री एवं मप विश्वविद्यायलका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको विश्वविद्यालयको दशौं सभाले आगामी वर्ष ८० करोड ९५ लाख ८९ हजार आम्दानी हुनेसमेत प्रक्षेपण गरेको छ ।

विश्वविद्यालयको दशौं सभाले यस अन्तर्गतका तीन आंगिक क्याम्पसलाई बहुमुखी क्याम्पसमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ । यस विश्वविद्यालय मातहतमा कर्णाली र लुम्बिनी प्रदेशमा १० आंगिक क्याम्पस छन् । त्यसमध्ये देलेखको नारायण क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसलाई बहुमुखी क्याम्पसमा रूपान्तरण गर्ने निर्णय भएको विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार अन्य ७ क्याम्पस यसअघि नै बहुमुखी भइसकेका छन् ।

विश्वविद्यालयका लागि आवश्यक थप १३१ दरबन्दी माग गर्दै गरिएको प्रस्ताव पनि पारित भएको उहाँले जानकारी दिनुभयो । अहिले विश्वविद्यालयमा आंगिक क्याम्पससहित ५ सय २२ जनाको दरबन्दी छ । सभाले विश्वविद्यालयको प्रशासनिक, संगठन र शैक्षिक नियमावली तथा शिक्षक–कर्मचारी नियमावली संशोधनका लागि लगेको प्रस्ताव पनि पारित गरेको जनाईएको छ ।

उपप्राध्यापक उपेन्द्र विकले विश्वविद्यालयको नियमावली संशोधनअन्तर्गत सुरक्षा एकाइ गठन गर्ने, विश्वविद्यालयका पदाधिकारीको उमेर हदबन्दी ५० वर्ष बनाउनेलगायत प्रस्ताव पारित भएको जानकारी दिनुभयो । ‘नियमावली संशोधन सम्बन्धमा केही प्राध्यापकको असन्तुष्टि थियो,’ उहाँले भन्नुभयो, ‘असन्तुष्ट पक्षसँग यसअघि नै छलफल गरी नियमावलीलाई मूर्तरूप दिइएको थियो । अझै केही विषयमा मतभेद भए आपसी छलफलमा मिलाउने निर्णय भएको छ ।’ यसअघि प्रजातन्त्रवादी प्राध्यापक संघले नियमावली संशोधन प्रस्तावका केही बुँदामा असन्तुष्टि जनाउँदै प्रस्ताव फिर्ता गर्न माग गरेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्