OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७७काठमाडौं
४१० पटक

१ पुस २०७७, बुधबार

काठमाडौँ– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चारबुँदै सहमति भएको छ । पार्टीभित्रको विवाद अन्त्यका लागि दुवै अध्यक्षले फेरी एक पटक चारबुँदे सहमति गरेका हुन् । गत भदौ २६ गते स्थायी समितिले गरेको निर्णयमा फर्किने गरी दुवै अध्यक्षबीच सहमति भएको र त्यसका लागि चार बुँदामा टेकेर जाने निर्णय गरिएको छ ।

यसबारे दुवै अध्यक्षले जारी स्थायी समिति बैठकमा जानकारी गराएका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष छलफलमा घनिभूतरुपमा जुटेका थिए।

दुई नेताबीच गरिएको सहमतिअुनसार अब दाहालले सचिवालयमा पेश गरेको आरोप पत्र र ओली पेश गरेको जवाफी पत्र फिर्ता गरेर संयुक्त प्रस्ताव लैजाने सहमति भएको छ।

ओली र दाहालबीच बुधबार भएको चार बुँदे सहमति यसप्रकार छ :

१. प्रचण्डको आरोप पत्र र ओलीको जवाफीपत्र फिर्ता हुने,
२. संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्ने,
३. संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने,
४. आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने ।

 

प्रतिकृया दिनुहोस्