OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७७काठमाडौं
७३३ पटक

१ पुस २०७७, बुधबार

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णय बमोजिम अघि बढ्ने सहमति भएको छ।

आज बस्ने स्थायी समितिको बैठक अघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ पछि पार्टीमा भएका सबै विवाद अन्त्य भएको घोषणा गर्दै भदौ २६ कै निर्णय अनुसार अघि बढ्ने सहमति भएको हो। उक्त सहमतिलाई अध्यक्षद्धय ओली र दाहालले स्थायी समितिलाई जानकारी गराएका छन् ।

अहिले बैठक जारी रहेको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् । ओली दाहालबीच मंगलबार जारी भएको अध्यादेश र विशेष अधिवेशन माग गर्ने प्रस्ताव पनि फिर्ता गर्ने सहमति भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्