OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २९, २०७७जुम्ला,
५४० पटक

 

 

जुम्ला, मंसिर २९ गते । नेत्रबिक्रम चन्द्ध विप्लव) समुहबाट मोरङमा हत्या गरिएका शिक्षकको बिषयमा एकिकृत नेपाल शिक्षक संगठनले ज्ञापनपत्र सहित ध्यानाकर्षण गरेको छ ।

संगठनले देशभर जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र बुझाएको शिक्षक संगठनले जानकारी दिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापनपत्र बुझाईएको एकिकृत नेपाल शिक्षक संगठन जुम्लाका सचिव जयशंकर धितालले जानकारी दिनुभयो ।

अध्यक्ष राजेन्द्र खत्री र सचिव धितालको हस्ताक्षरित विज्ञप्तिमा प्रदेश नं. १ मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. १ स्थित श्री सरस्वती आधारभुत विधालयका प्रधानाध्यापक, संगठनका सदस्य, एक ईमानदार तथा कुशल शिक्षक राजेन्द्र कुमार श्रेष्ठको मिति २०७७ मंसिर २३ गते निजी निवास बाट बिप्लव समुहको ने.क.पा. माओवादी बाट अपहरण पश्चात गरिएको बिभत्स हत्या प्रति घोर निन्दा तथा भत्र्सना गरिएको छ ।

संगठनले हत्यामा संलग्न दोषिलाई पहिचान गरि कार्बाहीको दायरामा ल्याउन, साथै हत्या गरिएका शिक्षकका परिवारलाई क्षतिपुर्तिको ब्यबस्था र शहिद घोषणा गर्न नेपाल सरकार समक्ष संगठनको तर्फबाट जोडदार माग समेत गरेको उल्लेख छ ।

संगठनले बिद्यालय शान्ति क्षेत्रका रुपमा गएिको सरकारी घोषणा र प्रतिबद्धतालाई कार्यान्वयन गर्न, बिद्यालयमा शिक्षक तथा बिद्यार्थीहरुलाई निर्भिकतापूर्बक पठनपाठनमा संलग्न हुने वाताबरण श्रृजना गर्न गराउन समेत नेपाल सरकार समक्ष अपिल गरेको छ । शिक्षक श्रेष्ठले बिप्लव समुह विरुद्ध सुराकी गरेको भन्ने सूचनामा घटना भएको बिप्लव समुहको यस अघि प्रतिक्रिया आएको जनाएको थियो ।

नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्