OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर २६, २०७७जुम्ला,
९८४ पटक

मंसिर २६ गते । जुम्लाका तीनवटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल तयार गरिएका छन् ।

तातोपानी गाउँपालिका , सिञ्जा गाउँपालिका पछि गुठिचौर गाउँपालिकामा समेत कोभिड अस्थायी अस्पताल शुरु गरिएको हो ।

यहाँको गुठिचौर गाउँपालिमा पनि कोभिड अस्थाई अस्पताल शुरु गरिएको स्वास्थ्य संयोजक वालाराम नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ वेडको अस्थायी कोभिड अस्पताल निर्माण गरि शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले अस्पतालको उद्धाटन गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले छुट्टै अस्पताल शुरु गरेपछि अन्य विरामीलाई अव सजिलो हुने भएको छ । कोभिड अस्पतालका लागि भने जिल्ला भरीकै स्थानीय तहले जनशक्ति विज्ञापन आवह्रान गरेपनि डाक्टर नआएका र स्टाफनर्स, अनमी सहितका अन्य जनशक्ति भने भर्ना गरिएका गाउँपालिकाहरुले जनाएका छन् । तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईका अनुसार दुई दुई पटक विज्ञापन आवह्रान गरेपनि डाक्टरको दरखास्त नपरेको जानकारी दिनुभयो ।

यता सिञ्जा र गुठिचौर गाउँपालिकामा समेत डाक्टर पाईएका छैनन् । अव गाउँपालिकामै जनशक्ति सहित कोभिड १९ को लागि अस्पतालहरु धमाधम भएपछि सजिलो हुने भएको छ । गाउँपालिकाले प्रारम्भिक उपचार गरेपछि सजिलो हुने भएको छ ।

यहाँका अन्य गाउँपालिकाहरु पनी कोभिड अस्पतालको तयारीमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार स्थानीय तहमै आईसोलेशन सँगै अव अस्पताल पनि भएपछि तत्काल कोभिडका विरामीको लागि समस्या नहुने र कठिन केस आएमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गर्न सकिने भएको छ । स्थानीय तहले पछिल्लो कोभिडमा भिन्नै कोष स्थापना गरि रोकथाम देखी विभिन्न कामहरु गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्