OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २४, २०७७काठमाडौं
९६४ पटक

खलंगा मंसिर २४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ६ महिनाको अवधिमा गरेका कामहरुको सार्वजनिक गर्नुभएको छ ।

जुम्ला निवासी प्रमुख जिल्ला अधिकारी थापाले पत्रकार भेटघाट गरि ६ महिनामा भएका गतिविधीहरुको जानकारी दिदै थप गर्नुपर्ने बिषयमा जानकारी गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाह सजिलोका लागि जिल्ला प्रशासनमा अहिले टोकन प्रणाली शुरु गरिएको जानकारी गर्नुभयो । भिडभाड कम गर्न र बिचौलियाले पहुँचको आधारमा सामान्य व्यक्तिलाई काम लिन प्रभावित हुने बिषयलाई कम गर्न टोकन प्रणाली लागु गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको छ ।

प्रशासनले ५२ बुद्धे प्रशासन सुधार योजना सार्वजनिक सहित आफ्ना सेवा डिजिटल वडापत्र मार्फत नागरिकलाई जानकारी दिन शुरु गरेको, तत्काल देखएिको मालपोत कार्यालयमा ईन्टरनेट समस्याका लागि पहल भईरहेको, गुनासो सुनुवाईका लागि तयार गरिएको, हरेक ३ महिनामा आफ्ना कामहरुको स्वत प्रकाशन, पहिलो पटक जिल्लाका सवै सरकारी कार्यालयमा विकासका लागि आएको बजेट सहितको कार्यक्रम सार्वजनिक, सूचना अधिकारीको भिन्नै कार्यालयको मोवाईल फोन लगायताका विभिन्न कामहरुको विषयमा जानकारी गरिएकोछ ।

प्रमुख जिल्ला अधिकारी थापाले भने अन्य सरकारी कार्यालयमा अव चाडै सहायता कक्ष शुरु गरिने जानकारी दिनुभयो । उहाँले डिजिटल टोकन प्रणाली अगाडि बढाउन भने केही रकमको अभाव भईरहेको बताउनुभयो ।

११ हजारको पिसिआर, कोभिडमा शुन्य मृत्यू :
कोरोना भाईरसका कारण जुम्लाले गरेको योगदानले अहिले सम्म कसैको मृत्यू नभएको पत्रकार भेटघाटमा प्रजिअ थापाले जानकारी दिनुभयो । उहाँले अहिले सम्म जुम्लामा ११ हजार नागरिकको पिसिआर परीक्षण गरिएको जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सो परीक्षण गरिएको थियो ।

यसैगरी चार सय ४१ जनामा संक्रमण देखिएकोमा ३१ जना होम आईसोलेशनमा रहेका छन् । उहाँले कोभिड १९ को रोकथाममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधी सहित सवैले हाल सम्म गर्नुभएको रोकथाममा योगदानले कसैको मृत्यू भने नभएको बताउनुभयो । प्रजिअ थापाले चन्दननाथ नगरपालिका महत गाउँ नरेन्द्र महतको घरमा प्रहरीले खानतलासी प्रहरीले गरेको बिषयमा प्रजिअको निर्देशनमा भन्ने बिषय निराधार भएको प्रेस विज्ञेप्ति मार्फत जानकारी गर्नुभएको छ ।

उहाँले प्रेस विज्ञप्ति मार्फत नरेन्द्र महतको घरमा प्रजिअको निर्देशनमा खानतलासी भएको निराधार भएकोबताउनुभयो । उता महत गाउँवासीले मंसिर १७ गते माथी महतगाउँ निवासी नरेन्द्र महत र नन्दालक्ष्मी महतको घरमा साउन १३ गते प्रमुख जिल्ला अधिकारी थापाको निर्देशनमा प्रहरीले घर खानतलासी गरेको भन्दै विज्ञेप्ति मार्फत ध्यानाकर्षण गराएका थिए ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले सूचनालाई अझै सजिलो, समन्वय बढाउन देखी जिल्लाका सार्वजनिक विकासका काममा प्रशासनको नजर पुग्नुपर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्