OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २२, २०७७काठमाडौं
१३४८ पटक

२०७७ मंसिर २२ गते

जुम्ला । यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा अस्पताल निर्माण हुन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार १० शैया अस्पतालको शिलन्यास गरेसंगै अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । शिलन्यासका क्रममा मन्त्री रावतले नेपाल सरकारले कर्णालीका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माण गरिएको बताउनुभयो ।

नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सडक विस्तार पूर्वाधार व्यवस्थापन अति आवश्यक रहेको मन्त्री रावतको भनाई छ ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दीर्घकालीन, मध्यकालीन अल्पकालीन योजना बनाएर स्वास्थ्य क्षेत्र सुधारमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।

तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरी स्वास्थ्यमा अझै समस्या रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्