OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १७, २०७७जुम्ला,
९५७ पटक

जुम्ला, मंसिर १७ मंगलवार,
जिल्ला प्रशासन कार्यालय जुम्लाका केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि ३ दिन सेवा प्रवाह बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गरि प्रशासनका केही कर्मचारीहरुमा कोभिड १९ को परीक्षण गर्दा पोजेटिभ देखिएकाले शान्ति सुरक्षा र द्धन्द्ध व्यवस्थापन वाहेकका अन्य सेवाहरु ३ दिन सम्मका लागि वन्द गरिएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रशासनले सार्वजनिक सूचना जारी कोरोना फैलिन नदिन गरी ३ दिन अन्य सेवा प्रवाह बन्द गरिने जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको हस्ताक्षरित सूचनामा मंसिर १८ गते देखी २० गते सम्म वन्द गरिने भएको हो ।

प्रतिकृया दिनुहोस्