OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १४, २०७७
११५० पटक

 १४ मंसिर २०७७, आईतबार

कर्णाली प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आज उपाध्यक्ष डा.खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्रीसमक्ष उपाध्यक्ष खड्का र मुख्यमन्त्रीका समन्वय विज्ञमा नियुक्त झकबहादुर मल्ल दुवैले मुलुक र जनताको नाममा सपथ खानुभएको थियो ।

क्त सपथ ग्रहण कार्यक्रममा पत्रकारहरुसँग बोल्दै उपाध्यक्ष डा.खड्काले आजै पद बहाली गरेबाट प्रथमतः विकासको रणनीति तयार गर्ने, दोस्रो कानून संरचना र तेस्रो कोरोनका कारण आर्थिक मन्दीबाट कर्णालीलाई कसरी माथि उठाउने भन्ने विषयमा ध्यान दिएर विशेष जोडका साथ काम गर्ने बताउनुभयो ।

“योजनाले नै विकासलाई डोर्याउने भएकोले हामी शुरुमा त दिगो विकास रणनीति बनाउँछौं,” उहाँले भन्नुभयो, “संभावना नै संभावनाले भरिएको कर्णाली र यहाँको पर्यटन, कृषि, जल तथा जडिबुटी क्षेत्रको विकासमा जोड दिने नीति निर्माण गरिनेछ ।” डा.खड्कालाई आयोगको उपाध्यक्ष र मल्ललाई समन्वय विज्ञका रुपमा प्रदेश सरकारको मंसिर ११ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्