OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर ४, २०७७जुम्ला,
८११ पटक

मंसिर ४ गते । कालिकोटको पलाता गाउँपालिकाले थालेको “पलाता विकास निर्माण कार्यदलमा” दुई सय जना यूवाहरुले काम गरिरहेका छन् ।

यूवाहरुलाई रोजगारी दिने र गाउँपालिकाको विकास पनि हुने उद्देश्यलाई जोड दिदै विकास पलाता निर्माण कार्यदलमा काम गर्ने यूवाहरु एक सय जनाबाट शुरु गरिएको विकास कार्यदलका यूवा बढेर दुईसय पुगेका गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिनुभयो । जुम्ला आउनु भएका वमले पत्रकारको भेटमा यूवा वेरोजगारी रोक्न उनिहरुलाई आफ्नो कार्यकाल भरी काम दिएर स्वरोेजगार बनाईएको जानकारी दिनुभयो ।

अध्यक्ष बमले यूवाहरुलाई सिचाई, खानेपानी, सडक, बत्तिका कामहरुमा जिम्मा दिईएको र सोही अनुसार काम भईरहेको तर नतिगत चुनौतिका कारण तलवी नभई ज्यालाको हिसावमा श्रमको मुल्य दिदै आएको जानकारी दिनुभयो । उहाँले थिर्पू, राड्ुनेटा सडकको १३ किलोमिटरमा जाली हाल्ने, पर्खाल र स्तरउन्नतिमा निर्माण कार्यदलले काम गरेको, थला तल्सेरी खानेपानी आयोजना, खिन किच सिँचाई आयोजना, दुर्सीमा एक सय किलोवाटको बिजुली देखी यो बर्ष गाउँपालिकाको २ भवन र शिक्षा सम्वन्धि ३ भवन सो निर्माण कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो । निर्माण कार्यदलले काम गर्ने आयोजनामा जम्मा रु ६ करोड ९० लाख रुपैया विनियोजन गरी काम भएको र यो बर्षको रु ३ करोडको काम भईरहेको जानकारी दिनुभयो ।

जुम्ला कालिकोट बाटो प्रधान हो :
अध्यक्ष बमले छिमेकी जिल्ला जुुम्ला र कालिकोट सडक सञ्जालबाट सहज गर्न अवको आवश्यकता रहेको जानकारी दिनुभयो । उहाँले कोईरेल ओदी रिखिदेव जाफे र माछाको लेकबाट जोडन आवश्यक भएको बताउनुभयो । कोरपाटी सँग कुरा गर्दै अध्यक्ष बमले पलाता र हिमा गाउँपालिका बिचमा यो बिषयमा पटक पटक समन्वय भईरहेपनि गाउँपालिकाको बजेटले स्तरउन्नतिमा नपुग्ने भएकाले प्रदेश सरकार वा संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । जुम्लाको जिम्मेवारी जुम्ला र कालिकोटको जिम्मेवारी हामीले लिनु आवश्यक रहेको बताउनुभयो । कोईरेली ओदी कच्ची सडक भएपनि स्तरबृद्धि गरेमा सहज हुने बताउनुभयो ।

उहाँले जनताका आकांक्षा अनुसारको विकास गर्न नसकेपनि आज संघीयता आएको पुष्टि भएको दावी गर्नुभयो । अध्यक्ष बमले हिजो ५० हजारका लागि जिल्ला विकास धाउन पर्ने अवस्थामा अहिले त्यो रकमको काम भने स्थानीय सरकारले गर्न सक्ने भएको बताउनुभयो । उहाँले सोचेजति नभएपनि खानेपानी नभएका बस्तिमा पानी, ६० प्रतिशतमा बिजुली र आधारभुत औषधी, विद्यालय भवन, खानेपानी, सिचाईमा जोड र अवको केही दिनमा १५ शैयाको अस्पताल उद्धाटन गर्ने पलातामा तयारी भईरहेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्