OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर ३, २०७७जुम्ला,
७३१ पटक

मंशिर २ गते । तिहार मान्न जाजरकोट देखी जुम्ला आएका दुई जना चार दिन पछि परिवारको सम्पर्कमा आएका छन् ।
मौसम राम्रो भएपछि आफुहरु सम्पर्कमा आएको जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । सिंहले आफु र ६७ बर्षिय जुनीचाँदे गाउँपालिका जाजरकोट निवासी हरिबहादुर शाही चार दिन पछि जुम्ला आउन नसकि जाजरकोट फिर्ता भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफुहरु २९ गते जाजरकोटबाट हिडेका र ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिड्न नसकी अलपत्र परेर समस्या परेका बताउनुभयो । सिंहले रातभर हिउँ आएपछि एक एसएमएस सोलुखुम्बुमा भएका छोरालाई हामी अलपत्र परेका छौ भन्ने खबर गरे तर चार्जर नभएपछि मोवाई अफ भयो, हामी अलपत्र परेका बताउनुभयो ।

घाम लागेपछि जोगियो ज्यान : 
कात्तिक ३० गते दिउसोको १२ बजे पछि भने हिउँपर्न छोडेर घाम लागेपछि ४ फिट हिउमा दुई दिन लगाएर मंसिर १ गते राति जाजरकोट पुगेका उहाँले बताउनुभयो । उहाँहरु सम्पर्क विहिन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरेको थियो तर हिजो सम्पर्कमा आईसक्नु भएको भाई धिरबहादुर सिंहले जानकारी दिनुभयोे ।

टेलिफोन सम्पर्कमा अलपत्र परेको क्षेत्र ४२ सय मिटर उचाई भएको र भारी हिउँ अहिले पनि भएको सम्पर्कमा आएका सिंहले कसरी बाचेर आईयो भन्ने अहिले डर लागिरहेको बताउनुभयो । घाम लागेर बाचियो उहाँले थप्नुभयो ।

 

प्रतिकृया दिनुहोस्