OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०७७ जुम्ला,
११२५ पटक

जुम्ला, २०७७ मंसिर १ गते । तिहार मनाउन जाजरकोटबाट जुम्ला आउदै गरेका दुईजना हिमपातले अलपत्र परेका भएका छन् ।
जुम्ला तिला गाउँपालिका ४ का ५२ का शिक्षक प्रेमबहादुर सिंह र जुनीचादे गाउँपालिका जाजरकोटका ५६ बर्षिय हरिबहादुर शाही अलपत्र सहित सम्पर्क विहिन भएका जानकारी प्राप्त भएको छ ।

जाजरकोटबाट ३ दिन अगाडि जुम्लाका लागि हिडेका दाजुको अवस्था हिउँ धेरै आएको हुदा अहिले सम्म अवस्था कस्तो छ ? जानकारी नभएको सिंहका भाई तिला गाउँपालिका ४ का धिरवहादुर सिंहले जानकारी दिनुभयो । हिउँ धेरै भएकाले त्यहाँबाट आउन सक्ने स्थिति नभएको उद्धार गर्न माग गर्दै फोन कटेको बताएका छन् ।

जाजरकोटको कुसुमुसे र जुनिचाँदे गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिकाको  सिमा कागचुचा लेकमा हामी छौ, हिउँ धेरै आएको हुदा हामी एक ठाउँमा बसेका छौ, आउन सकेका छैनौ भन्दै आज विहान ६ बजे भएको त्यसपछि फोन कटेर सम्पर्क विहिन भएको उहाँले जानकारी दिनभयो ।

यसैगरी यस बर्ष मंशिरमै हिमपात भएपछि चिसो बढेको छ । जुम्लाको विभिन्न क्षेत्रमा हिमपात भएपनि अहिले रोकिएको छ ।

 

प्रतिकृया दिनुहोस्