OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक ३०, २०७७
१५९४ पटक

 

जुम्ला, कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको अत्यष्टी गरिएको छ । अध्यक्ष शाहीको आफ्नै घरमा निधन भएपछि सस्कार अनुसार दाहासस्कार गरिएको परिवारले जनाएको छ ।

दुईसाता देखी उच्च रक्तचाप हुदै पक्षघात हुनुभएका ७४ बर्षिय शाहीको शनिवार मध्यराति निधन भएको थियो । वडाध्यक्ष शाहीको पार्थीव शरिरमाथी गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले नेपाल सरकारको झण्डा झुक्याएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने नेपाल कम्यूनिष्ट पार्टी जुम्लाका अध्यक्ष बिरबहाँदुर कुँवरले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य खम्वा शाहीले जानकारी दिनुुभयो ।

अध्यक्ष शाहीको अन्त्यष्टिमा गाउँपालिकाका जनप्रतिनिधिहरु, नेकपा जिल्ला अध्यक्ष कुवर, नेकपा जिल्ला सचिवालय सदस्य आदी प्रसाद न्यौपाने सहित नेताहरु, आफन्त शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
तस्बिर:अमरजंग शाहीको सामाजिक सञ्जालबाट

 

प्रतिकृया दिनुहोस्