OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक ३०, २०७७जुम्ला,
१३०३ पटक

जुम्ला,कात्तिक ३० गते । एका विहानै हातमा कपडा, नाङ्गो खुट्टामा एक ज्येष्ठ नागरिक महिला हिडिरहनु भएको थियो । “मेरो छोरा मारिदियो छोराको खोजीमा म घर बाट हिडिरेहेकी छु ।”

यो भनाई उहाँको अहिलेको मात्रै होईन करिब ५ बर्ष अघिबाट निरन्तर वेवारिसे अवस्थामा जुम्ला सदरमुकामको सड्कमा सोही शब्द दोहोरयाउदै हिडिरहनु भएको जुम्ला श्रीढुस्का घर भन्ने एक महिला सवैमा परिचित हुनुहुन्छ ।

मानसिक समस्या भएकी उहाँको आवाज सुन्ने कसले ? बरु उहाँ भोको पेट, नांगो शरिर भएको भन्दै स्थानीय नागरिकले सहयोग गरिरहेका हुन्छन् । खाना र बास माग्दै उहाँ चन्दननाथ नगरपालिका जुम्ला सदरमुकामको चार हजार दुई सय ७१ घरधुरीमा पुगिसक्नु भएको होला । उही सड्कमा धेरै पटक मेरो छोरा मारिदियो खोज्न हिडिरहेकी र जिल्ला प्रहरी कार्यालयमा मुद्धा हाल्छु भन्दै हिड्ने गरेको कैयौ दिन बितेका छन् ।

वुधवार उहाँ चन्दननाथ नगरपालिका ४ भारतीवाडा कर्णाली सरोकार दैनिकको कार्यालय नजिक पुग्नु भयो । धरधरी रोएर, हिजो देखी खाना खाएको छैन् तर म छोरा खोजिरहेको भन्दै डाको छोडेर रुदा स्थानीयको भिड लाग्यो । जुम्लामा चिसो बढिसकेको छ । तापक्रम माईनसमा झरिसकेकाले करिब नांगो खुट्टाले हिड्ने सक्ने स्थिति अव छैन् । चिसोले खुट्टा उचाली रहेको देखेपछि स्थानीय कल्पन शाही (वाहोराले) दुई जोर जुत्ता दिनुभयो ।

उहाँले एक छोरा झुण्डिएर र अर्को पनि मरिसकेकाले उहाँको मानसिक समस्या आएको जानकारी दिनुभयो । चन्दननाथको श्रीढुस्कामा घर भएको, दुई छोरा एकले आत्म हत्या गरेको र एक दुर्घटानमा ज्यान गएको उहाँले बताउनुभयो ।
केही छिन्मा उहाँ शान्त भयो, वरपर एक दुई बिस्कुट दिने काम भएपछि बिष्कुट खादा सतुष्ट हुनुभयो । पुन रुदै मेरो घर छ, तर छोरालाई मारिसकेपछि म खोज्न हिड्को हु भन्दै पुनि तिरुवा नाम आफ्नो भएको भन्दै दोहोरयाउनु भयो । उहाँलाई एक स्थानीय कल्पना बोहराले जुत्ता दिएर फेरी सडकमा हिडिहाल्नु भयो ।

आधा दर्जन वेवारिसे :
उहाँ सँग कुरा गर्दै एक अर्का नाम कमल, घर कालिकोट घर मानसिक समस्या भएका करिब ५० बर्षका एक बर्ष देखी जुम्ला सदरमुकामको तरकारी मण्डिमा बास गर्दै आएका व्यक्ति फेरी त्यही स्थानमा पुगेर भात खान नपाएको धेरै भयो भन्न थाले । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा काम गर्ने एक जना कर्मचारीले तत्कल खाना खुवाउनु भयो । चामल मागेर आफै जुगाँड पुलमा पकाएर खाने भनेका ति व्यक्तिले भाडाकुडा चोरी भएकाले महिना दिन देखी कहिले काँही वाहेक बिष्कुट चाउ चाउ खाएको बताउनुभयो ।

सड्कमा सधै छोरा मारिएको र खोजी गर्न हिड्ेको भन्ने पुनि जस्तै अन्य समस्या भएका सड्कमा बस्ने मानव अहिले जुम्ला सदरमुकाममा बढिरहेका छन् । एक जना महिला चन्दननाथ नगरपालिकाको वडा नम्बर ३ को ढुंगाको वडारमा ४ महिना देखी बेबारिसे बसिरहेकी स्थानीय यज्ञबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यता ३,४ जना अन्य व्यक्तिहरु पनि नांगै हिड्ने वेवारिसे अवस्थामा जुम्लामा घुमिरहेका देखिन्छन् ।

जुम्लामा त्यस्ता मानवहरुको पुनस्थापनाका लागि अहिले संरचना छ्रैन् । जुम्ला भन्दा बाहिर पुनस्र्थापन गरिने योजना पनि यहाँको सरकार सँग छैन् । यसले गर्दा कैयौ बर्षदेखी सड्कमा मानिसहरु बेतित जीवन गुजारिरहेका छन् । यस अघि अपांग पुनस्र्थापन तथा विकास केन्द्रले २ जनाको बृद्धाआश्रममा पुनस्र्थापन गरेको अपांग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो । उहाँले साविक जिल्ला विकास समितिको सहयोगमा जिल्लामा अपांग पुनस्र्थापना केन्द्र निर्माण शुरुवात भएको छ । तर रकम अभावले अलपत्र परेको बताउनुभयो । यता चन्दननाथ नगरपालिकाका उपप्रमुख अस्परादेवी न्यौपानले सड्क मानवका लागि पुनस्र्थापना गर्न सवै लाग्नुपर्ने बताउनु हुन्छ । उपप्रमुख न्यौपाने उपस्थित अपांगता विषयको कार्यक्रममा सो बिषयले ठूलो वहश पनि लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अव लगत संकलन गरि जिल्लामै पुनस्र्थापन गृह स्थापना गरि पहल गर्ने वा जिल्ला वाहिर योजना बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले काठमाण्डौलाई सड्क मानवमुक्त गराउने प्रयास, कर्णाली प्रदेश राजधानीलाई सड्क रहित बनाउने प्रयास जुम्लामा पनि कार्यान्वयन हुन आवश्यक छ ।

अहले फेरी सवैलाई तिहार लागेको छ तर उहाँ सकमै कराउदै हिडनु हुन्छ । यस्ता चाडपर्व उहाँका लागि कयौ गएपनि उनको उपचार र पुनस्र्थापनमा कसैले पनि ध्यान दिएको छैन् । कालिकोटका कमललाई त बाटोमै कुकुरले खादा अनुहारमा गम्भिर घाईते भएका छन् ।

क्याप्सन : जुम्ला सदरमुकामको सड्कमा हिडिरहने पुनी तिरुवा तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्