OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ३०, २०७७काठमाडौं
७३३ पटक

 

सुर्खेत, ३० कार्तिक २०७७ ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले मासुसहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रंगको फोर्स गाडीमा चेकजाँच गर्दा पाँच बोरा (१५२.५७ केजी) मासु बरामद गरेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

उहाँका अनुसार गाडीको छतमा लुकाइछिपाई राखिएको अवस्थामा मासु बरामद गरिएको थियो । गाडी चालक बराहताल गाउँपालिका ८, सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका ४ जुम्लाका ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका ८ सुर्खेत का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसनधान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्