OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक ३०, २०७७जुम्ला,
१६४२ पटक

जुम्ला,कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन भएको छ । दुई साता अघि गत कार्तिक १६ गते घरमै वेहोश भई गम्भिर  उच्च रक्तचाप सहित मस्तिक्स पक्षघातबाट विरामी  हुनु भएका शाहीको शनिवार राति निधन भएको परिवारले जनाएको छ ।
कार्तिक १६ गते एक्कासी वेहोश भएका शाहीलाई १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याई आईसियूमा उपचार गरिएको थियो ।

चिकित्सकका अनुसार टाउकोको रक्तनलीे फुटेर लामो समय होशमा नआएपछि परिवारको सल्लाहमा कात्र्तिक २२ गते घरमा लिईएको थियो । घरमा पनि होशमा नआएरै शनिवार राति १२ः४५ मा निधन भएको उहाँका भाई लंकबहादुर शाहीले जानकारी दिनुभएको छ । उहाँको उमेर भने ७४ बर्षको भएको छ ।

को हुन वडाध्यक्ष शाही ?
पञ्चायतकाल देखी राजनितिमा होमिएका वडाध्यक्ष शाही विद्यार्थी आन्दोलन हुुदै नेतृत्वमा स्थापित हुनु भएको थियो । त्यसवेला उपप्रधान समेत लड्नु भएका शाही माओवादी जनयूद्धमा २०५८ सालमा लागेर यूद्धकालिन राजनिति गर्नुभएको थियो । तत्कालिन माओवादीको गाजस प्रमुख, माओवादी केन्द्रको जिल्ला कमिटि सदस्य, हुदै २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फवाट वडा नम्बर १ का वडाध्यक्ष निर्वाचित हुनु भएको थियो ।

उहाँ अहिले नेकपा कर्णाली प्रदेश ज्येष्ठ कम्यूनिष्ट मञ्च प्रदेश सदस्य समेत हुनुहुन्थ्यो । वडाध्यक्ष शाहीका दुई छोरा र ३ छोरी छन् । जेठा छोरा रमेश शाही अनेरास्ववियू केन्द्रीय सदस्य हुनुहुन्छ ।

यूद्धकालिन मोर्चामा शैपाल नामले चिनने सालिन र भद्र व्यवहारका वडाध्यक्ष शाहीको निधनले तिहारको मुखमा गाउँपालिका शोकमन्न भएको छ । वडाध्यक्ष शाही प्रति हार्दिक श्रद्धाञ्जली सहित शोकतन्तब्त परिवारजन प्रति धैर्य धारणाको कामना ।

तस्विर :  २०७४ सालको निर्वाचनमा वडाध्यक्षको उम्मेदारी दिदा जनतालाई सम्वोधन गर्दै शाही : नेत्र शाही फोटो फाईलबाट

प्रतिकृया दिनुहोस्