OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २९, २०७७ जुम्ला,
४९५ पटक

जुम्ला, २९ कार्तिक २०७७ शनिवार, जिल्ला प्रशासन कार्यालय जुम्ला तोडफोड गरिएको भन्दै नौ जना विरुद्ध सार्वजनिक मुद्दा लगाईएको छ ।
हिमा गाउँपालिका १ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नहरु लगायत शंकास्पदहरुको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडित पक्ष र प्रहरी विच झडप हुदा जिल्ला प्रशासन कार्यालय तोडफोड भएको छ ।

शुक्रबार अपरान्ह प्रशासन कार्यालयमाथि अन्धाधुन्धा ढुंगामुढा गरेको र प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्दा लगाईएको स्थानीय प्रशासनले जनाएको छ ।

मुद्दा लगाईएका नौ जनासहित स्थानीयहरुको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी विट र मालिका मन्दिर तोडफोड हुँदा रु.आठ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
“पीडित पक्ष प्रशासन गेट अघि आएपछि हामीले नेतृत्व गरेर आएका व्यक्तिलगायत नौ जनालाई वार्ताका लागि भित्र बोलायौं,” प्रजिअ थापाले भन्नुभयो, “तर एकैछिन म लगायत जनपथ र सशस्त्रको डिएस्पीमाथि नै ढुंगा बर्साए । हामी बच्यौं तर ढुंगा प्रहारबाट एक जनपथ र तीन सशस्त्र प्रहरी घाईते भएका छन् ।”

घटनामा सुनियोजित भएको जनाउँदै उहाँले त्यसमा संलग्न नौ जनालाई सार्वजनिक मुद्दा लगाईएको बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पतिमाथि तोडफोड गरिएकोले सार्वजनिक अपराध अन्तरगतको मुद्दा चलाईएको जानकारी दिनुभयो । जसमा चार जना नियन्त्रण लिईएको र पाँच फरार रहेको प्रहरी निरीक्षक राठौरले बताउनुभयो ।
उहाँका अनुसार घाईते चार प्रहरीमा दुई सामान्य उपचारपछि घर फर्केको र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । यता पीडित पक्षका घाईते दुई जनापनि उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

घटनाका प्रमुख अभियुक्त करबहादुर भण्डारी, घटनामा आशंकित अभियूक्त रामचन्द्र डाँगी र उनको श्रीमतीलाई पीडितको किटानी जाहेरी अनुसार पक्राउ गरी अनुसन्धानका सबै प्रक्रिया पुर्याएर अदालत पठाई उनीहरुको सुनुवाई भईरहेको प्रहरीले जनाएको छ । यता पिडित पक्षले भने न्यायको पक्षमा बोल्दा उल्टै दुःख दिने प्रहरी प्रशासनको नियत रहेको आरोप लगाउदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस्