OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०७७जुम्ला,
१०७३ पटक

 

जुम्ला ,कात्तिक २८ गते ।हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् ।

मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई आरोपितलाई धरौटीमा छोड्न थालेपछि पीडित पक्ष आन्दोलित हुनु परेको उनीहरूले बताएका छन् ।

शुक्रबार पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबिच झडप हँुदा दुवै पक्ष घाइते भएका छन् । पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत गम्भीर  भएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका जनाएकाेछ । घाईतेकाे कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

यसैगरि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले भिड नियन्त्रण तथा तिरवितर पार्नका लागि लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो ।

घटना बिबरण :                                                  हत्या आरोपमा कात्तिक ८ गते हिमा गाउँपालिका–३ मोफ्लाका १९ वर्षीय करबहादुर भण्डारी र कात्तिक ५ गते ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले नियनत्रणमा लिएकाे थियो ।

 

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार असोज १९ गते राति घरबाट बेपत्ता भएकी बालिकाको शव कात्तिक १ गते हिमा गाउँपालिका–१ पागरपालीस्थित हिमा नदीको छेउमा फेला परेको ‘नदीको तालमा बालिकाको शव गोडामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा भेटिएको जानकारी दिनुुुुुु भयाे । घटनाकाे प्रकृति हेर्दा हत्या गरिएको भन्ने प्रहरीले आशङ्का गरेको छ ।’

बालिका बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामत गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।

शवको पोष्टमार्टम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कात्तिक १ गते गरिएको थियो ।

प्रहरी  नायव उपरिक्षक काफ्भलेले भन्नुभयो–‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौँ पठाएको छ । मुद्दा कमजोर पारिएको भन्ने छैन । प्रहरी आफ्नो बुद्धि विवेक र भरपुर क्षमताले घटना अनुसन्धान गरी मुद्दा अगाडि बढाएको र पीडित पक्षलाई कुनै शङ्का नगर्न सुझाएको डिएसपी काफ्लेले बताउनुभयो । ‘घटनाको विषयमा राज्यको ध्यानाकर्षण गर्नका लागि ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाउन सकिन्थ्यो ।’–‘सिधै ढुङ्गामुढा राम्राे नभएकाे उहाले थप्ननुभयाेे । आरोपमा सोही गाउँपालिका–३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीको नाममा मृतक बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा कात्तिक २ गते कर्तव्य ज्यानसम्बन्धी उजुरी दिएका थिए ।   प्रमुख जिल्लाा अधिकारी भुुुुुुुुपेन्द्र थापाले  दाेषी कुनै हालतलेे नछुटने र घटनाकाे अनुसन्धान भईरहेेेकाेे समयमा एकाएक ढुंगा मुडा गर्नु केही राम्राेे नभएकाे बताउनु भयाेे ।

प्रतिकृया दिनुहोस्