OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०७७जुम्ला,
४६४ पटक

कात्तिक २८ गते । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप दुईवटा भेटिलेटर उपलब्ध गराईएको छ ।
नेपाल सरकार स्वास्थ्य सेवा विभागले दुईवटा भेन्टिलेटर उपलब्ध गराएको दुई दिन पछि आज थप दुई भेन्टिलेटर उपलब्ध गराएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभागले थप दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको र अव भेन्टिलेटरको संख्या १० पुगेको छ । यसैगरी कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समेत २,३ वटा तत्काल दिने सम्भावना भएको प्रतिष्ठानले जनाएको छ । यसैगरी प्रतिठानमा १० आईसियू रहेको जनाईएको छ ।
अव लक्ष्यण चिन्ह सहितका विरामीहरु बढ्ने भएपछि भेन्टिलेटर आवश्यक हुने भन्दै यस अघि जिल्ला विपत व्यवस्थापन समितिको वैठकले समेत जिल्लामा भेन्टिलेटरका लागि माग गर्ने निर्णय गरेको थियो ।

अहिले सम्म भने कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । तर आईसोलेशनमा रहेका विरामीलाई जाँच गर्दा दुईजनामा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ । भेन्टिलेटर बढ्ने बित्तिकै केही ढुक्क हुने भएको प्रतिष्ठानले जनाएको हो ।

प्रतिकृया दिनुहोस्