OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, कार्तिक २६, २०७७जुम्ला,
६५७ पटक

२०७७ कार्तिक २६, बुधबार

जुम्लामा फुटसल शुरु गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका ५ मा निर्माण गरिएको फुटसल मैदान र संरचनाको औपचारिक उद्धाटन गरिएको हो ।

नेपाल फुटवल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमका बीच फुटसलको उद्धाटन गर्नुभएको छ । चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष लामा, उपाध्यक्ष तथा पूर्व राष्ट्रिय गोल्किपर उपेन्द्रमान सिंह, पूर्व राष्ट्रिय खेलाडी राजुविक्रम थापा सहितका खेलाडीहरु जुम्ला पुगेका छन् ।

फुटसलको उद्धाटन गर्दै शेर्पाले फुटवल खेलको आधारभुत तहबाटै सिकाई बलियो बनाउन एन्फाको मुख्य अहिलेको उद्देश्य रहेको बताउनुभयो । उहाँले ६ बर्ष देखीनै बालबालिकाहरुलाई फुटवल खेल शुरु गरेपछि आधार बलियो हुने बताउनुभयो । उहाँले यसमा एन्फाले जुम्ला सहित देशका अन्य जिल्लामा पनि बालबालिकाको खेल शुरु गर्ने बताउनुभयो । उहाँले जुम्लामा फुटसललाई बलियो बनाउनमा चन्दननाथ नगरपालिका र नेपाली सेनाले समेत पूर्वाधार सहित अन्य बिषयमा सहयोग गर्ने बताउनुभयो ।

निजी लगानीमा फुटसल शुरु :

जुम्लामा पहिलो पटक निजी व्यक्तिको लगानीमा शुरु गरिएको फुटसल नमूनाको रुपमा शुरु गरिएको छ । स्थानीय जिपि स्टेशनरीका सञ्चालक गणेश रोकाया, स्थानीय नृपराज भारती र प्रमोदजंग शाहीको लगानीमा चन्दननाथ नगरपालिका वडा नम्बर ५ कालेखोली खानेपानी कार्यालयको पूर्वतिर स्थापना गरिएको छ । अहिलेसम्म करिब रु. ८० लाख लागत भएको र रु.एक करोड लगानी हुने भएको रोकायाले जानकारी दिनुभयो ।

यसैगरी सञ्चालनमा एन्फासहित स्थानीय चन्दननाथ नगरपालिकाले सहयोग तथा सहकार्य गर्ने भएको छ । उद्धाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय सरकारले समेत फुटसलमा सहयोग समन्वय र सहकार्य गर्ने बताउनुभयो । उहाँले अझै फुटबलमा महिलाहरुको सहभागिता बढाईनुपर्ने बताउनुभयो । वडा नम्बर ५ का अध्यक्ष अर्जुनसिंह कठायतले खेलकुद नै विकास भएकाले शुरुवात गरिएकोमा लगानीकर्ता बधाईको पात्र भएको जानकारी दिनुभयो । उहाँले वडास्तरबाटै खेलको विकास गर्नुपर्ने  जोड दिनुभयो ।

कार्यक्रममा २४ नम्बर बाहिनीका बाहिनीपति यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख अप्सरादेवी न्यौपाने महत, अखिल नेपाल फुटबल संघ जुम्लाका अध्यक्ष यमबहादुर सापकोटा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका प्रमुख बरम महत , म्याराथुन धावक हरिबहादुर राेकाया लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष शेर्पालाई सम्मान :

यसैगरी जिल्ला खेलकुद विकास समिति जुम्लाले अध्यक्ष शेर्पा, उपाध्यक्ष सिहं र पूर्व राष्ट्रिय खेलाडी थापालाई मायाको चिनो र सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठलगायतका अतिथिहरुले सम्मानसहित  जुम्लाको चन्दननाथ मन्दिर सहित अंकित मायाको चिनो प्रदान गरिएको छ । यसैगरी कार्यक्रममा बोल्दै शेर्पाले अब जुम्लालाई फुटबलको कोच प्रशिक्षक तुरुन्तै नियुक्ति गरिने बताउनुभएको छ ।

उहाँले कोचले भने हरेक दिनको अनलाईन रिपोटिङ गर्नुपर्ने  जनाउनुभएको छ । उहाँले खेलकुदलाई विकास गर्न सबैको सहकार्य आवश्यक भएको भन्दै स्थानीय सरकारको समेत सहयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रम सञ्चालन जिल्ला खेलकुद विकास समितका प्रमुख बरमबहादुर महतले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्