OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २४, २०७७जुम्ला
१३४९ पटक

कात्तिक २४ गते । जुम्लामा डोजरको टयुव पड्किदा एक जनाको मृत्यू भएको छ । जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित उल्खेमा हावा भर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाका अनुसार हावा भर्दै गर्दा अकस्मात टयुव पड्किएपछि घटनास्थलमै रावतको मृत्यू भएको थियो । प्रहरीका अनुसार मृतकको शवको सनाखत भईसकेको छ । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउदै गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्