OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीकार्तिक २३, २०७७ जुम्ला,
६०० पटक

कात्तिक २३ गते । जुम्लाको तिला गाउँपालिकाले विद्यालय खुलाई अध्ययन सूचारु गरेको छ । गाउँपालिकाले कोरोनाको कारण शैक्षिक क्षेत्र धरापमा परेको भन्दै आईतवार देखी पढाई शुरु गरेको हो । गाउँपालिकाले दुई सिप्टमा विद्यालयमा पढाई शुरु गर्ने भन्दै पढाई सुचारु भएको तिला गाउँपालिका सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

अधिकृत बस्नेतका अनुसार गाउँपालिका शिक्षा समितिको वैठकले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि आईतवारबाट विद्यालय खुलेका छन् । उहाँका अनुसार विद्यालयमा सकिदो स्वास्थ्य सुरक्षा मापदण्ड तथा भौतिक दुरी कायम गर्दै पढाई शुरु गरिने भएको छ । यसैगरी तिला गाउँपालिकाका सवै जसो विद्यालय आईतवार खुलेपछि पढाई शुरु भएको गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा जति विद्यार्थी आए सोही अनुसार विद्यार्थीलाई पढाई शुरु गरिएको विद्यालयहरुले जनाएका छन् । तिला गाउँपालिकाको आधारभुत विद्यालय नाभिडाडाले ५० प्रतिशत विद्यार्थी विद्यालयमा आएका जनाएको छ । प्रधानाध्यापक मानबहादुर शाहीका अनुसार पहिलो दिन भएकाले केही विद्यार्थी कम हुदै आएका जानकारी दिनुभयो । शिक्षक खिमा शाहीका अनुसार आज लगभग १५० जना विद्यार्थी आएका र लामो समय पछि विद्यालयमा आउदा विद्यार्थी खुशी भएका जानकारी दिनुभयो ।

यता सरस्वति माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहका अनुसार विहान ९ बजे देखी १ बजे सम्म आधारभुत तह, १ बजेदेखी ४ समय ९ देखी १२ सम्म कक्षा पढाउने निर्णय पढाई सुचारु गरिने जानकारी दिनुभयो । आजभोली कक्षा ११ को परीक्षा समेत संचालन भईहेको र तिहार पछि समुह बनाएर पढाई हुने बताउनुभयो । तिला गाउँपालिकामा २७ वटा विद्यालय रहेका छन् । जिल्लाभर कोरोनाको कारण गत चैत्र १० गतेबाट विद्यलाय लकडाउन पछि बन्द भएका थिए ।

 

प्रतिकृया दिनुहोस्