OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक २१, २०७७जुम्ला ।
१२५७ पटक

कात्तिक २१ गते । जुम्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माईनस १ दशमलप शुन्यमा झरेको छ । कार्यालयका अनुसार अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ ।

चिसो बढेपछि मानिसहरु बाक्लो कपडा लगाउने, न्यानो गर्ने, तातोपानीको प्रयोग गर्ने काम शुरु भएको छ । मानिसहरु वाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक वाक्लो कपडाहरु अत्याधिक प्रयोग तथा खरिद गर्न थालिएको छ ।
तापक्रम माईनसमा झरेपछि विशेषगरी यहाँको जनजीवन प्रभावित भएको हो । विशेषगरी वालवालिका र ज्येष्ठनागरिकहरुमा रुघाखोकी बढ्न थालेको छ । मौसम फेरिए सँगै रुघाखोकीका विरामीहरु बढ्न थालेका बताईएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर मंगल रावलले रुघाखोकी र श्वास प्रश्वासका विरामी केही बढेका बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी भएको भन्नेमा डर भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक त मौसम परिर्वतनको समय अर्को कोरोना समेत भएकाले आ–आफैले न्यानो कपडा लगाउने, तातोपानी खाने, भिडभाड नगर्ने तथा व्यक्तिले आफै जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन सूझाव दिनुभयो ।

एक साता अघि देखीनै बादल आउने र जाने काम पनि भईरहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । यसैगरी मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलारमा तुषारो जम्ने भएपछि टेलिफोन तथा ईन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले जानकारी दिनुभयो । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भिड समेत बढेको छ ।

प्रतिकृया दिनुहोस्