OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २०, २०७७ जम्ला,
१५२६ पटक

कात्तिक २३ गते । नाग्म गमगडि राजमार्गमा एक त बजेट कम, भएको बजेटको ठेक्काको काम पनि ढिलाई हुने भएका कारण नागरिकले सास्ति पाएका छन् ।

यस्तो सम्म कि सांसदकै फमबाट काम थालिएको ठेक्का शुरु गरिएको स्थानमा सवैभन्दा ढिला काम र अलपत्र भएको छ । नाग्म गमगडि राजमार्गको ९३ किलोमिटर मध्य शुरुवातकै १३ किलोमिटरमा प्रतिनिधीसभा सांसद बहादुरसिंह लामाकै फमबाट काम थालिएको ठेक्का सम्झौता अवधिमा काम नहुदा अलपत्र र जनतालाई सवैभन्दा बढि सास्ति भएको छ । सो ठेक्काको काम आधा भएको र दुख पाईएको सस्थानीयले पटक पटक गुनासो पाखेका छन् । सडक डिभिजन जुम्लाका अनुसार १३ किलोमिटर मध्य ६ किलोमिटर सडक चौडा ,ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेशिनरी टेवा पर्खालको काम सम्पन्न हुन नसकी विचैमा अलपत्र परेको हो ।

डिभिजन कार्यालय जुम्लाका का.मु. डिभिजन प्रमुख लिला बहादुर भण्डारीले सो ठेक्का तिहार अगावै काम शुरु नभएमा कालोसुीचको लागि पत्रिकामा राख्ने चेतनावनी दिईसकेको बताउनभयो । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीको उक्त ठेक्का ५ बर्ष अघि काम थालिएको थियो ।

नाग्म गमगडि (सिञ्जा रारा ) राजमार्गका वासिन्दा सहित जुम्लाका प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतका विषयमा सड्क डिभिजनमा जानकारी लिदा सवैभन्दा समस्या सांसद लामाकै फमको ठेक्का लामो समय भई सक्दा काम नहुदा कठिन भएको सड्क डिभिजनले गुनासो गरेको हो ।

“हजुरको ठेक्का रहेछ । अव काम गरिदिनुपर्यो । नत्र पत्रिकामा कालोसुचिमा राख्ने भनेर भनिसकेपछि अव काम बढाउने कुराको प्रतिवद्धता भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।” उहाँका अनुसार काम गर्न चाडै सूचना समेत जाहेर गर्ने जानकारी दिनुभयो । यता सांसद लामाले भने आफ्नो फम लिएर नन्दलाल श्रेष्ठले काम थालेका भएपनि अहिले सम्पर्क नभएको बताउनुभयो ।

उक्त ठेक्का नम्बर १२ को सो ठेक्का सम्झौता २०७२ माघ ८ गते २०७५ पुष ७ गते सम्म थियो । दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गते सम्म अवधि थपिएपनि काम हुन सकेको छैन् । यसैविटमा लकडाउन भएर पनि समस्या भएको बताईएको छ । १३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख ८ हजार एकसय ३० रुपैया ५५ पैसा मध्य रु ७ करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैया २६ पैसा भुक्तानी भईसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

ठेक्का नम्बर ३.१ –२०७४।०७५मा खड्का कृष्ण गाल्भा– दक्याराभान जेभीको राजुसिहंक कठायत र तारासिंह कठायतले जिम्मा लिनु भएको काम नाग्म गमगडि राजमार्गको १७ देखी २५ सम्म ८ किलोमिटर जिम्मा लिईएको तर आज सम्म काम सन्ताषजनक नभएको डिभिजनले जनाएको छ । सो सम्झौताको अवधि भने २०७८ वैशाख २१ सम्म रहेको छ ।
कार्यालयले अघिल्लो आर्थिक बर्षमा रु ५० करोड बजेट आएको भएपनि लकडाउनका कारण रु १० करोडको काम मात्रै काम भएको र यसबर्ष घटेर रु ९ करोड ७० लाख मात्रै बजेट आएको आएको छ । अव बजेटको पनि समस्या रहेको उहाँले जानकारी दिनुभयो । अहिलेका सड्कका काम पुरा गर्न रु २३ करोड ५० लाख आवश्यक भएकाले पहल भईरहेको र प्रतिनिधिसभा सांसदलाई समेत पहल गरिदिन प्रमुख भण्डारीले अनुरोध गर्नुभयो ।
नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्ण प्रसाद धितालले दिएको जिम्मेवारी पुरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरमा ल्याई राजमार्ग निर्माण तिब्रता दिन कार्यालयलाई अनुरोध गर्दै फेरी पनि नसुधारिए जनता सड्कमा आउने चेतावनी दिनुभयो । उहाँले नाग्म गमगडि राजमार्ग रारा र सिञ्जाका कारणले धेरै पर्यटक आएर सास्ति पाउने काम भएको र स्थानीयको यात्रामा समेत असहज हुने बिषयमा राज्य गम्भिर हुनुपर्ने बताउनुभयो । सो राजमार्गको ९३ किलोमिटरमा भने अन्य क्षेत्रमा काम सन्तोषजनक भएको कार्यालयको वुझाई छ ।

नाग्म गमगडि राजमार्गको अवस्था बुझ्दै सांसद महत : तस्बिर नेत्र शाही जुम्ला

प्रतिकृया दिनुहोस्