OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाईकार्तिक १९, २०७७जुम्ला,
४६१ पटक

जुम्ला,कार्तिक १९ गते । चन्दननाथ नगरपालिकाको वडानम्बर ९ र १० जोड्ने काठेपुल जिर्ण हुदा आवत जावतमा स्थानीयलाई कठिन भएको छ ।
पुल जिर्ण भएर दुर्घटना हुने सम्भावना भएपछि स्थानीयको सक्रियतामा वुधवार देखी पुल भत्काउन समेत शुरु गरिएको छ । स्थानीयको आवह्रानमा नेपाली सेना, शशस्त्र प्रहरी समेत त्यहाँ पुगेर दुर्घटनाबाट जोगाउन भन्दै जिर्ण काठेपुल भत्काउन लागिएको स्थानीय समाजसेवी शिव प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार बि.सं २०२० सालमा निर्माण गरिएको काठेपुल पटक पटक जिर्ण हुदै मर्मत गरिएपनि अहिले धेरै जिर्ण भएपछि पुरै भत्काउने र पक्कि पुलका लागि सरोकारवाला निकायमा पहल चाल्ने गाउँवासीको सल्लाह भएको उहाँले बताउनुभयो । नगरपालिकाको दुई वडा तथा साविक कार्तिकस्वामी गाविस र तलिउम गाविस जोड्ने उक्त पुलबाट आवत जावत तातोपानी वडा नम्बर ४, ५ का वासिन्दा पनि वन, खेतिपाति, गाईवस्तु चराउन तथा मुल सडकमा आउन आवत जावत गर्ने स्थान हो । तर जिण बन्दै गएपछि मानिसहरु, पशुवस्तुहरु पुलवाट खस्ने डरले समयमै भत्काउन आवश्यक रहेको स्थानीयको भनाई रहेको छ ।

उक्त स्थानमा पुल भत्काईएपनि तत्कालका लागि अस्थायी काठको लाप्को लगाई आवत जावत गर्ने तयारी गरिएको छ । तर पानीको वहाव बढेपछि यदि पुल नवन्ने हो भने आवत जावत ठप्प हुने देखिन्छ ।

यसैगरी सो स्थानमा ३ बर्ष अघि देखी झुलङ्गे पुल निर्माणका शुरु गरिएपनि अहिले सम्म नवनेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले पुल जिर्ण हुदा अहिले सम्म कुनै पनि निकायले यसमा ध्यान नदिएको हुदा अव पक्कि पुलका लागि सहयोग गर्न सरोकारवाला निकायहरुलाई स्थानीयले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्