OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १९, २०७७काठमाडौं
५१८ पटक

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन भएको छ।

सभामुख हुँदा महराका प्रेस सल्लाहकार रहेका डिल्ली मल्लका अनुसार  बुधबार बिहान ६:३० बजे उनको निधन भएको हो। १५ गतेदेखि उनलाइ भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। नर्भिक हस्पिटलमा पीसिआर टेष्ट गर्दा उनलाइ कोरोना पोजेटिभ देखिएको थियो।

दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। मल्ल भन्छन्, माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि उहाँले कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नुभएको थियो।’

नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्