OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १८, २०७७जुम्ला,
६९८ पटक

कात्तिक १८ गते । अहिले संसदको विकास तथा प्रविधि समितिका सभापति तथा सांसद कल्याणी खड्का सहितको टोली कर्णालीमा विकास निर्माणका गतिविधिहरु अनुगमनका लागि जुम्ला पुगेको छ ।

टोलीले जुम्लामा राजनैतिकदल, नागरिक समाज, जनप्रतिनिधिहरु पत्रकारहरु सहित सरोकारवालाहरु विच छलफल तथा अन्तरक्रिया गरेको छ । समितिले जुम्ला सदरमुकाममा गरेको अन्तरक्रियामा स्थानीय नागरिक सरोकारवालाहरुले कर्णाली राजमार्गको स्तरबृद्धि सहित ठोस विकासमा बजेट अभाव भएको सूझाव दिएका छन् । कर्णालीमा भईरहेका विकास तथा कर्णाली राजमार्ग, कर्णाली करिडोर सहितका सड्कहरु अनुगमन गरेपछि जुम्ला पुगेका समितिका सभापति कल्याणी खड्काले पहिलो कर्णालीलाई समानताको आधारमा नभई समतामुलक बजेट आवश्यक रहेको भन्दै सरकारलाई विशेष ध्यानाकर्षण गराउने बताउनुभएको छ । उहाँले नितिगत रुपमा सार्वजनिक खरिद ऐन संशोधन सहित धेरै कुरा परिवर्तन गरिनुपर्ने बताउनुभयो । उहाँले सड्क जीवनमार्ग भएकाले ठोस बजेट मुल सड्कमा लगानी गरिनुपर्ने बताउनुभयो ।

प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले बजेटमा भूगोललाई सम्मान हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि संसदमा पटक पटक आवाज उठिाईरहेपनि कार्यान्वयन हुन नसकिरहेको जानकारी दिनुभयो । उहाँले कर्णाली राजमार्ग सहित रारा सिञ्जा (नाग्म गमगडि राजमार्ग, सुर्खेत जुम्ला छोटो राजमार्ग, बिजुली यहाँको प्रथामिकता रहेकाले विकास समितिले थप जोड दिनुपर्ने बताउनुभयो । पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्ला बिमानस्थलको विस्तार गरि कर्णालीको हव तथा फयूल सेन्टर स्थापना गर्न सर्भे भईसकेकाले कार्यान्वयनको पहलका लागि विकास समितिलाई जोड दिन अनुरोध गर्नुभयो । जिल्ला समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले कर्णालीमा टेलिफोन सेवा र ईन्टरनेट राम्रो नभएकाले हैरान भएकोले सूचना प्रविधिमा जोड दिन सूझाव दिनुभयो । प्रदेश सांसद पदमबहादुर रोकायाले नाग्म गमगडि राजमार्ग अवको प्रथामिकता हुनुपर्ने जोड दिनुभयो ।

चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय सरकार सहित सवैले मिलेर आवश्यकताका आधारमा विकासलाई जोड दिईनुपर्ने बताउनुभयो । जुम्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाज, पत्रकारहरुले कर्णालीमा ठूलो बजेट नआउने आएको बजेट समेत कार्यान्वयन नहुने समस्या दर्शाएका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नितिमानै स्थानीय निर्माण व्यवसायीले सिधै काम गर्न नसक्ने नितिगत समस्या भएको भन्दै यो वदल्नु पर्ने बताउनुभयो । उहाँले कर्णालीमा घुम्न आएपछि मात्रै राज्यका उपल्लो निकायहरुले कुरा निकाल्ने काठमाण्डौ गएपछि बिर्सिने समस्या भएको सूझाव दिनुभयो ।

नेकपा जुम्ला अध्यक्ष विरबहादुर कुँवर, प्रदेश सदस्य पूर्ण प्रसाद धिताल, नेपाली कांग्रेस जुम्लाका कोषाध्यक्ष कालिबहादुर बुढा, जसपाका विरबहादुर शाही, राप्रपाका अध्यक्ष वेदबहादुर शाही, नेमकिपा अध्यक्ष शिवलाल डाँगीले विकास समितिलाई सूझाव दिनुभएको थियो । यसैगरी नाग्म गमगडि राजमार्गमा प्रयाप्त बजेट नभएको र भएको रु ५२ करोड मध्य केही बजेट नआएकाले समस्या भएको छ । कर्णालीमा सड्कको अवस्थाका विषयमा सडक डिभिजन कार्यालयले प्रस्तुतिकरण गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अव स्थानीय स्तरमा एक सडक अनुगमन समिति गठन तथा अनुगमन गरि अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अघिल्लो बर्ष विकास समितिको टोलीले हेलिकोप्टर मार्फत कर्णाली करिडोर सहितको भ्रमण गर्दा सडक मार्फत अनुगमन गर्न सूझाव दिईएको थियो । समितिका सभापतिले नेपालगंज हुदै सुर्खेत, मुगु जुम्ला र कालिकोटमा सडकको अनुगमन भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्