OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चालागाईकार्तिक १६, २०७७जुम्ला,
९२६ पटक

जुम्ला, कात्तिक १६ गते । गत असोज १५ गते गुठिचौरको मणि साँघुमा ट्याक्टरमा सामान पुरयाई फर्किदै गरेका ट्याक्टर चालक वेपत्ता भएको एक महिना बढि भएको जानकारी गराउदै परिवारले अनुसन्धान गर्न ध्यानाकर्षण गरेको छ ।
चन्दननाथ नगरपालिका ९ बयालकाटिया निवासी मन्न गिरीको छोरा धन गिरी हाल सम्म जिवित वा मृत्यू कस्तो रहेको भन्ने जानकारी नभएको भन्दै अनुसन्धानमा थप जोड दिन ध्यानाकर्षण गरिएको हो । गिरी गुठीचौरबाट देपालगाउँ हुदै ट्याक्टरमा सदरमुकाम आउदै गर्दा अपहरण गरिएको आफन्तको आरोप छ ।

ध्यानाकर्षण पत्रमा वेपत्ता भनिएका व्यक्तिका दाजु भैरे गिरीले भाई धन गिरीको अवस्था मृत्यू हो वा जिवित अवस्थामा छ सो पत्ता लगाउन भन्दै, जिल्ला प्रहरीमा दिएको जाहेरीलाई एथासिघ्र कार्यान्वयन गर्न, घटनाको कसुर सँग सम्वन्धित व्यक्तिको कल डिटेल अनुसार बास्तविकता बुझ्न, वेपत्ता ट्याक्टर चालकको वालवच्चा र श्रीमतिको व्यवस्थापन गर्न भन्दै पत्रकार भेटघाट गरी ध्यानाकर्षण गराएका छन् ।
सोही दिन ट्याक्टर आउदै गर्दा सहसचालक सम्पर्कमा आउनु र चालक बेपत्ता हुनु रहस्यमय भएको आफन्तले आरोप लगाउदै घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद, गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सहित सरोकारवाला निकायलाई वोधार्थ जानकारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गिरीलाई असोज १५ गते गुठचौर ५ लामाकारामा गुडिरहेको ट्याक्टरबाट अपहरण गरि वेपत्ता भएको जाहेरी परेको जानकारी गरेको छ ।

अनुसन्धनका लागि ५ जना पक्राउ :
यता जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्नताको आशंका र आफन्तको किटानी जाहेरी गरेको आधारमा ५ जनालाई पक्राउ गरेको छ । ५ जनामा दुई जना नावालक रहेका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अपरण र वेपत्ताको मुद्धा अगाडि बढिरको छ । उहाँका अनुसार वेपत्ता व्यक्तिको प्रहरी खोजी कार्यमा रातदिन खटिरहेको जानकारी दिनुभयो । सोही घटनाको करिब एक साता अघि गुठिचौर गाउँपालिका ४ खल्लावाडाका कमल जैसीको शव तिला नदिको वोहोरा गाउँ जाने पुलमा पानीमा डुवेको अवस्थामा प्रहरीले भेटाएको प्रनाउ काफ्लेले थप्नुभयो ।

प्रतिकृया दिनुहोस्