OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ७, २०७७सुर्खेत
६७६ पटक

शुक्रबार  वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार बुढाथोकीका अनुसारअविश्वासको प्रस्तावको पक्षमा शून्य मत पर्यो । प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा उपस्थित हुनु भएन ।’

यसअघि २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा आज बसेको दलको बैठकमा पूर्वमाओवादी पक्षका १० जना र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ८ जना उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्