OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक ५, २०७७जुम्ला,
१५८६ पटक

५ कार्तिक २०७७, बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशैंंको पूर्व सन्ध्यायमा डाक्टर पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको अध्ययन अध्यापन गर्ने र हालसम्मको काम एवं आगामी शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारले ५ सीट स्नातकोत्तर तहको अध्यापनका लागि अनुमति दिएपछि कर्णाली प्रतिष्ठानले विश्व विद्यालयस्तरको मान्यता पाएको भन्दै आगामी शैक्षिक सत्रमा एमबीबीसको लागि तयारी भईरहेको जानकारी दिनुभयो । प्रतिष्ठानले बडा दशैको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सार्वजनिक गरिएको शैक्षिक प्रतिवेदनमा २०७६ साल पुष १४ गते प्रधानमन्त्री तथा कुलपति ज्यूको अध्यक्षतामा बसेको बैठकबाट लक्षित कार्यक्रमहरु एमडी जनरल प्राटिक्स एण्ड ईमरजन्सी मेडिसिन सिट ३, एमडी एनेष्थेसिया एण्ड क्रिटिकल केयर सिट १, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी सिट एकलगायतका कार्यक्रमहरु अनुमति प्राप्त भएकाले अध्ययन अध्यापनको लक्ष्य रहेको छ । यसैगरी व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर ईन क्लिनिकल न्यूट्रेसन समेत सञ्चालन गरिदैछ ।

यसैगरी, विसं.२०७१ देखि २०७६ सम्म २६४ जना विद्यार्थी आरक्षित सिटमा भर्ना भएका छन् । हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, डिप्लोमा फार्मेसी, व्याचलर अब पब्लिक हेल्थ, व्याचलर अफ मिडवाफेरी अध्यापन गराएको जानकारी गरिएको छ । जसमा स्टाफ नर्स २४० जना, हेल्थ असिष्टेन्ट १९२ जना रहेका छन् । भर्ना भएका मध्य १७४ जना जनशक्ति उत्पादन जनशक्ति रहेको जानकारी गरिएको छ । त्यस्तै, प्रतिष्ठानले आगामी वर्षदेखि प्रमाणपत्र तहको कक्षा पढाउन कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा दिईसकेको र अब प्रतिष्ठानले उच्च तहको अध्यापन गराउने बताईएको छ ।

सुदुरका तीन जिल्ला बझाङ, बाजुरा र अछामसहित प्रतिष्ठानको जनशक्तिले कर्णालीभरी माकुराको जालो जस्तै काम गर्न थालेको छ । सो स्तरमा सेवा बढाउने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यहाँ उत्पादित उच्च स्तरका जनशक्तिले देशभरका विभिन्न अस्पतालमा समेत अभ्यास गर्ने छन् । यस्तै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य संस्थासँग पनि सम्झौता भएको प्रतिष्ठानले बताएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड १९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको दावी गर्नुभयो । उहाँले पिसिआर परीक्षण देखि विभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार र नागरिकको सहयोग, सद्धभावले थप काम गर्ने हौसला दिईरहेको बताउनुभयो । उहाँले अब जसरी पनि एमबीबीएस पढाउने तयारी भईरहेको र सरकारले पूर्ण रुपमा अगाडि बढाउने बताउनुभयो ।

यस्तो छ, एमबीबीएस तयारी : 

कर्णालीमा बहुचर्चाको रुपमा रहेको एमबीबीएस अध्ययन विषय नतिजामा आउने देखिएको छ । सरकारले अगाडि बढाउन मूल्याङ्कन समिति गठन गरेको छ । चिकित्सा शिक्षा आयोगले एक टोली गठन अगाडि बढाएको र टोली मुल्यांकनका लागि आउन आतुर भएको प्रतिष्ठानले जनाएको छ ।
अहिले ६२ जना विज्ञहरु एमडिएमएस र एमबीबीस लगायतका आवश्यक जनशक्ति तयार भईसकेको प्रतिष्ठानले जनाएको छ । जसमध्य ५२ जना मेडिसिन, वेसिक साईन्स, पब्लिक हेल्थ र फार्मेसी र ७ जना नर्सिङ मिडवाईफेरी हाल प्रोफेसर एक जना, एशोसियट प्रोफेसर ८ जना, एशिष्टेन्ट प्रोफेसर १८ जना, लेक्चर १५ जना, एशोसियट प्रोफेसर, ७ जना नर्सिङ लेक्चर रहेका छन् ।
यसैगरी हाल प्रतिष्ठानको तीन सय सैया संचालन भईरहेको र सरकारले पाँच सय शैयाको लागि रु ७ करोड रकम विनियोजन गरिसकेको शिक्षाध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानको नौ वर्षको कार्यकालमा अन्य प्रतिष्ठान भन्दा फड्को मार्न सरकारको प्रथामिकतामा परेको भन्दै यस भूमिकामा सञ्चार माध्यामसहित सम्पूर्ण निकायहरुको ठूलो भूमिका रहेको बताउनुभयो । प्रतिष्ठानका विशेषज्ञ डाक्टर सूर्यमान लिम्बुले कर्णाली प्रतिष्ठानले संकटमा पनि ठूलो सेवा दिईरहेको र अव कोभिड १९ मा सुरक्षा अपनाउन नागरिकलाई अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले प्रतिष्ठान संकटमा आशाको केन्द्र भएको भन्दै थप स्तरउन्नतिका लागि सवैको साथ सहयोग चाहिएको बताउनुभयो ।

अनुसन्धानमा जोड :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका ३ खम्बा स्वास्थ्य सेवा, स्वास्थ्य सेवा र अनुसन्धान पर्दछन् । प्रतिष्ठानले अहिले कर्णालीको स्वास्थ्य सेवा र शिक्षाको अनुसन्धानको अध्ययन शुरु गरेको छ । प्रतिष्ठानको शैक्षिक प्रतिवेदनमा अनुसन्धान प्रकाशनका लागि जनरल अफ कर्णाली एकाडेमी अफ हेल्थ साईन्स चौमासिक रुपमा प्रकाशन भईरहेको छ । प्रतिष्ठानले आठ वर्ष अघि नै ‘एक डाक्टर, एक संस्था’को अवधारणा अगाडि बढाईएको बताउनुभयो ।

प्रतिष्ठानको शैक्षिक तथा केन्द्रीय प्रशासन भने एक साता देखी तालावन्दी छ । कार्यक्रममा पत्रकारहरुले समस्याको सामाधान गर्न सूझाव दिएपछि यस बिषयमा पहल भईरहेको र दशै लगत्तै उपकुलपति जुम्ला आएर निश्कर्ष हुने रजिष्ट्रार  विश्वराज काफ्लेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्