OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक ३, २०७७जुम्ला,
९३७ पटक

कात्तिक ३ गते । दशैको समयमा नागरिकलाई सौलियत हवाई सेवा शुरु गरिएको छ । गो कर्णाली टुर एण्ड ट्राभल्सले कात्तिक १ गते देखी रु चार हजार एक सयमा नेपालगंज –जुम्ला, जुम्ला –नेपालगंज अर्थात जुम्ला सुर्खेत र सुर्खेत जुम्लामा सिता एयरमा हवाई सेवा सुचारु गरिएको संचालक तथा कर्णाली पर्यटन उत्थान समितिका संयोजक ललितजंग महतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला वाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका व्यक्तिहरुका लागि सेवा शुरु गरिएको छ । कोरोनाबाट आक्रान्त भएका नागरिकलाई दशैको समयमा दुई चारसय सस्तो र सजिलो होस भन्ने उद्देश्यका कारण सौलियत सेवा शुरु गरिएको संयोजक महतले जानकारी दिनुभयो । अहिले प्रति व्यक्ति रु एक हजार चार सय रुपैया यात्रुलाई अन्य जहाज भन्दा फाईदा भएको बताईएको छ ।
अर्कोतिर कर्णालीको हवाईभाडामा नागरिकले धेरै पैसा फाल्नु पर्ने वाध्यता कम गरि आन्तरिक पर्यटन बढाउदै जानुपर्ने कर्णालीले सौलियत पाउन भन्ने दृष्टिकोणले यो सेवा सौलियत गरिएको छ । उहाँका अनुसार यो सेवाका लागि सिता र गो कर्णाली विच सम्झौता भएको छ ।

दुई दिनमा १२९ जनाले चढे जहाँज :
अन्य जहाजले नेपालगंज जुम्ला वा सुर्खेत– जुम्ला पाँच हजार पाँचसय हवाई भाडा लिईरहेको समयमा दशैको समयमा जुम्लाबाट दशै मनाउन जाने र जिल्लामा आउने व्यक्तिहरुले सौलियत भएपछि जहाँज चढ्ने व्यक्तिहरु बढेका छन् । सिताले कात्तिक १ गते एक चरणमा सौलियत सेवामा २ वटा उडान राखेपछि ६१ जना यात्रुले सुर्खेत –जुम्ला, जुम्ला– सुर्खेत, जुम्ला–नेपालगंज र नेपालगंज– जुम्ला हवाई यात्रा गरेका छन् । यसैगरी पछिल्ला दुई दिनमा भएका उडानमा ६८ जनाले आवत जावत गरेका र एक दुई दिनका लागी जुम्लाबाट नेपालगंज जाने यात्रु पनि सम्पर्कमा आईसकेका गो कर्णाली ट्राभल्सले जानकारी दिएको छ । अहिले नेपालगंजको जहाँज दैनिक भएको र सुर्खेत देखी जुम्लाको लागि कात्तिक ५,६ र ७ गते उडान कायम गरिएको छ ।

सौलियतमै कायम गर्ने तयारी :
यस वेला शुरु गरिएको भाडादरले जनतालाई सजिलो हुने भएकाले अन्य समयमा पनि निरन्तरता गर्ने प्रयास भईरहेको सिता एयरले जानकारी दिएको छ । सिता एयर नेपालगंज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिले जस्तै सेवा अन्य समयमा समेत दिने जहाँज र गो कर्णाली विच प्रयास स्थानीयले प्रथामिकता दिन आवश्यक रहेको छ ।

यो सेवा जनताका लागि निकै राम्रो भएको अधिकारकर्मीहरुले जनाएका छन् । हवाई क्षेत्रको सौलियत सहजताका लागि लामो समय देखी आवाज उठाउदै आएका उपभोक्ता महासंघ नेपालका उपमहासचिव बिष्णु प्रसाद तिमिल्सेनाले यो सेवा नागरिकको पक्षमा भएको हुदा निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले यसलाई निरन्तरता दिदै अनलाईन टिकट कायम गरिनुपर्ने बताउनुभयो । अनलाईन सेवाले सहज टिकट प्रणाली हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्