OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २, २०७७जुम्ला,
५९९ पटक

जुम्ला, कार्तिक २ गते । कोरोना फैलिनबाट रोक्न यस पटकको दशै परिवार भित्रै मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
जुम्ला प्रशासनले जारी गरेको सूचनामा यस बर्ष दशैमा जोखिम हुन सक्ने भन्दै सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाबाट जारी सूचनामा यस पटकको दशै चाडपर्व मनाउदा जो जहाँ छ त्यही मनाउन आफ्नो परिवारमा मात्र दशै मनाउन समेत अनुरोध गरिएको हो ।

यसैगरी जिल्ला भित्र हुने खेलकुद, मेला, जात्रा, महत्सव कुनै गर्न नहुन समेत सूचना जारी गरको हो । चाडपर्वमा किनमेल, भेटघाट गर्दा भौतिक दुरी कायम गर्नुपर्ने स्थानीय प्रशासनले बताएको छ । यसैगरी स्थानीय तहका शक्ति पिठमा नित्यकर्म  वाहेकका पुजापाठ तथा भेला नगर्न समेत सूचना जारी गरेको छ ।

वेलुकी ८ बजेपछि मदिरा नवेच्नु :
यसैगरी स्थानीय प्रशासनले वेलुकी ८ बजे पछि मदिरा वा मदिराजन्य पदार्थ नवेच्न समेत निर्देशन दिएको छ । यसैगरी वेलुकी ८ बजेपछि मदिरा खाई हिडेको भेटिएमा कानूनी कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
दशैमा भिडभाड तथा जम्मा हुने कामले समस्या निम्त्याउने भन्दै नागरिकको जिउ धनको रक्षा गर्ने जिम्मेवारी भएकाले सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । उहाँले कोरोना फैलिरहेको समयमा जनस्वास्थ्य मापदण्डलाई ख्याल गर्न समेत अनुरोध गर्नुभएको हो । यसैगरी स्थानीय तहले समेत कोभिड १९ बाट जोगिदै दशै मनाउन जोड दिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्