OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १, २०७७जुम्ला ।
५८५ पटक

खलङ्गा कार्तिक, १ गते । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातलामा लिंगा फेरिएका छन् ।
परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि मात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापनाको दिन मनाउदै आउने चलनअनुसार यो पटक पनि लिंगा फेरिएको हो । जुम्ला सदरमुकामा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा सहित नयाँलिंगो फेरिने चलन अनुसार मनाईएको छ ।

कोरोनाले सुरक्षाकर्मीको मात्रै उपस्थिति :
कोरोना संक्रमणका कारण भने गत बर्षहरु भन्दा खासै मानिसहरुको भिड लागेन । स्थानीय प्रशासनको अनुरोधमा सुरक्षाकर्मी र मन्दिरका पुजारीहरु समिति मानिसहरुले यस बर्ष मन्दिरमा लिंगा गाड्न पुगेका थिए । अघिल्ला बर्षहरुमा भिडभाड हुने दिनमा यो बर्ष स्थानीय प्रशासनले कोरोना नफिलिन सुरक्षा अपनाएपछि सिमित मानिहरु रहेका छन् । प्रमुख जिल्ला अधिकारी भुपेन्दै थपाले कोरोना फैलिन नदिन सिमित व्यक्तिहरुको सहयोगमा लिंगा फेरिएको छ । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले यस मन्दिरको लिंगा फेर्नमा योगदान गरेका छन् । कोरोनाका कारण कर्णालीकै सवैभन्दा ठूलो जात्रा पनि यो बर्ष हुन् सकेन ।

जुम्लाको चन्दननाथ मन्दिरमा परापूर्वकाल देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको ं स्थानीय खस सस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । हरेक बर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीयहरु र सुरक्षाकर्मीहरुको सहयोगमा हरेक बर्ष चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा गाडेर बि.सं १४९८ सालबाट यो मन्दिरमालिंगो गाड्ने परम्परा रहीआएको उहाँले जानकारी दिनुभयो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पुजा हुने भएकाले ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वाजा सहित ५२ हाते लिंगा खडा गरि घटस्थापना गर्ने चलन रहिआएको छ ।
जंगलबाट लिंगा ल्याउन पनि यहाँको नेपाली सेना, प्रहरी सहित स्थानीयले जंगलबाट निकै मिहिनेतका साथ दुई दिन अगाडि जंगलबाट मन्दिरमा ल्याउने गरेका छन् ।
जुम्लामा चन्दननाथ मन्दिरमा लिंगा गाडेर फर्किएपछि घरमा जमरा राख्ने चलन समेत रहेको छ । लामो ईतिहास वोकेको चन्दननाथ मन्दिरमा भने अहिले स्थानीयले लिंगा गाड्ने देखी ठड्याउने काममा चासो बढ्दै गएको छ ।

सिञ्जामा जमरा राखियो :
यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत रुपमा परम्परागत पुजा गरिएको छ । समितिका सचिव ताराजंग हमालका अनुसार भौतिक दुरी कायम गर्दै पुजा गरी जमरा राखिएको छ ।

सिञ्जाको कनकासुन्दरी मन्दिरमा सयौ वोका वलि चढाईनुका साथै रागा पनि काट्ने चलन छ । तत्कालिन समयमा मल्ल राजाले शुरुवात गरेको परम्परा कायम रहेका स्थानीय कृष्ण सुनारले जानकारी दिनुभयो ।
यो बर्ष भने कोरोनाको कहरले गर्दा समिति नृत्य पुजा आजा गर्ने पुजारी सालिकराम देवकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्