OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २८, २०७७जुम्ला,
७३२ पटक

जुम्ला, असोज २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तेस्रो डिन नियूक्त गरिएको बिषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनको सहितको कार्यकक्षमा तालावन्दी गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियम विपरित थप अर्का डिन नियूक्त गरेका भनि प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् ।

मंगलवार तेस्रो डिनको नियूक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञेप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाई नभएको भन्दै  हेल्थपोष्ट जस्तो गर्ने भएकाले सोही अनुसार काम भएको प्रतिक्रिया दिनुभयो । वुधवार उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मुलढोकामा तालावन्दी गरेको छ ।

अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी तालावन्दीका लागि गरिएको विज्ञेप्तीमा अनियमित तरिकाले नियुक्त गरिएका जन स्वास्थ्य संकायका डिन लगायत सम्पूर्ण फजुल नियूक्तिहरु खारेज गरिनुपर्ने, यस अघिका माग पुरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीहरुको जोखिम भत्ता उपलब्ध गराईनु पर्ने माग गदै तालावन्दी गरिएको छ ।

प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य संकायको डिनको पद सृजना गरी प्राध्यापक डाक्टर मुनिराज क्षेत्रिलाई नियूक्ति गरिएको बिषयमा विरोध कर्मचारीहरुले गरेका छन् ।

कर्मचारी कल्याणकारी समाजले राजेन्द्रराज वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य संकायको डिन अनियमित तरिकाले नियूक्त गरिएको बिषयमा विरोध गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो ।

कर्णाली प्रतिष्ठानमा अहिलेका ३ वटा डिन मध्य पहिलो सरस्वति गौतिम, दोस्रो प्राध्यापक डाक्टर रेशमबहादुर राना नियूक्त हुनु भएको र असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्राध्यापक डाक्टर मुनिराज क्षेत्रिलाई नियुक्ति गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते आफुलाई नियुक्त गरेको थियो । गौतम पछि प्रतिष्ठानले डिन मेडिसिन प्राध्यापक डाक्टर रेशमबहादुर रानालाई नियूक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको हो । कोभिडको समयमा दुई जना डिनलाई खासै काम कम भएको समयमा अझै अर्का डिन नियूक्त गर्नु उपकुलपतिले पदावदि जादै गर्दा पदको दुरउपयोग गरेका र राज्य कोष सिध्याउन आफ्ना मानिसहरुको भर्ति केन्द्र बनाएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । प्रतिष्ठानका अनुसार फागुन महिनमा उपकुलपति वाग्लेको पदावदि सकिदै छ ।

यता उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले प्रतिष्ठानलाई अव पाँच सय वेडको अस्पताल बिस्तार गर्नुपर्ने, एमविविएस शुरु गर्नुपर्ने भनेर सरकारवाट आएको र प्रतिष्ठानलाई अन्य हेल्थपोष्ट जस्तो गर्ने भएकाले सोही अनुसार काम भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिकृया दिनुहोस्