OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २७, २०७७
७३२ पटक

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षका केही व्यक्तिलाई मन्त्रीमण्डलमा लिईनेछ ।

यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

माधव नेपाल पक्ष पछि हटेपछि अव मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । अव नेपाल पक्षका प्रकाश ज्वाला सहित अन्य दुई तिन जना सांसदहरुको पनि मन्त्री मण्डलमा जाने संकेत देखिएको स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्