OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई आश्विन २७, २०७७जुम्ला,
८९६ पटक

कोरोना भाईरसको रोकथामको बिषयमा जिल्लामा अन्तरक्रिया गरिएको छ । राजनैतिक दलहरु, जनप्रतिनिधीहरु सहितको अन्तरक्रियामा जिल्लामा भिन्नै कोभिड १९ का विरामीका लागि आईसोलेशन तयार गनुपर्ने सूझाव सहित भेला नगर्ने प्रतिवद्धता आएको छ ।

कोरोनाका विरामी बढ्ने र लक्षण सहित विरामी देखिन थालेपछि अव अन्य विरामी भन्दा टाढा कोरोनाका विरामी राख्ने आईसोेलेशन तयार गर्न आवश्यक भएकोमा जोड दिईएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा गैरसरकारी संस्थाहरु किडार्क नेपाल र पेश नेपालको सहयोगमा गरिएको अन्तरक्रियामा हाल सम्मको कोभिड १९ को बर्तमान अवस्था र भावी चुनौतिको बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर मंगल रावलले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकार, नागरिक र सरोकारवालाहरुको सहयोगमा हाल सम्म अग्रपन्थिमा काम गर्ने बातावरण भएको भन्दै अव लक्षण चिन्हका विरामी देखिएकाले भिन्नै कोभिड अस्पताल गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी कुनै संरचनामा सदरमुकाममा आईसोलेशन तयार गर्न सकिएमा राम्रो हुने सूझाव दिनुभयो । निर्देशक रावलले अव केही भेन्टिलेटरहरु प्रतिष्ठानमा भएको र अन्यका लागि प्रदेश सरकार र संघीय सरकार सँग माग गरिएको बताउनुभयो । उहाँले अव कम्तिमा मास्क लगाउन नछोडनुपर्ने, राम्ररी हात धुने, बढि भेलामा नगई सेल्फ सुरक्षा अपनाउन जोड दिनुभयो ।

संघीय सांसद गजेन्द्रबहादुर महतले अव कोरोना सँग लडेरै जित्नु पर्ने अवस्था आएकाले एक सरकारी संरचनालाई भिन्नै कोभिडको अस्पताल बनाउन सवै एक स्थानमा आउनुपर्ने बताउनुभयो । उहाँले संकटको समयमा एक अर्काको आलोचना गर्ने दिन नभएका भन्दै सवै मिलेर रोकथाम र उपचारमा जोड दिन सघाउनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले समन्वय सहकार्यमा एक मत भएर अघि बढेमा कोरोना सहित जुन सुकै समस्या आएपनि जित्न सकिने प्रतिवद्धता जनाउनुभयो । उपप्रमुख कार्मा बुढाले साझा सरोकारको बिषयमा एक मत भएर जानुपर्नेमा जोड दिनुभयो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भेला कम गर्नुपर्ने र थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
दलहरुले अव भेला नगर्ने ः
कोरोना भाईरस फैलिरहेकै समयमा सत्ता पक्ष नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) र प्रतिपक्ष नेपाली कांग्रेसले राजनितिक भेला गरेका कारण कोरोना फैलिएको गुनासो आएपछि राजैतिक दलहरुले भेला नगर्ने प्रतिवद्धता जनाएका छन् । नेकपा कर्णाली प्रदेश सदस्य पूर्ण प्रसाद धितालले नेकपाले यस बिषम परिस्थितिमा भेला अव नहुने भन्दै अव यसको रोकथाम गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले दशै समेत परिवारमा मात्र सिमित गरौ, टेलिफोन टिका गर्न समाजलाई सचेत बनाउन अघि बढ्नुपर्ने सूझाव दिनुभयो ।
नेपाली कांग्रेसका रवि थापाले भेलालाई कम गर्न पार्टीमा छलफल भईरहेकाले अव भेला गर्न आवश्यक नभएको बताउनुभयो । राप्रपा केन्द्रीय सदस्य वेदवहादुर शाहीले कोभिड १९ को समयमा आफ्नो पार्टीले कुनै भेला नगरेको भन्दै अव पनि नगर्ने बताउनुभयो ।

फ्रन्टलाईनर कार्यालय र सहयोगीलाई सम्मान :
अन्तरक्रियामा फ्रन्ट लाईनरमा काम गर्ने संस्था तथा व्यक्तिलाई कदरपत्र उपलब्ध गराईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीलाई सम्मान पत्र संघीय सांसद गजेन्द्रबहादुर महतले वितरण गर्नुभएको छ ।
यसैगरी कोभिड १९ को समयमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीलाई समेत दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । शाहीले कोभिड एम्बुलेन्सका लागि रु एक लाख सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जनताको जिउधनको सुरक्षाको लागि कोरोना पोजेटिभको समयमा निषेधआज्ञा गरिएकोमा पनि केही व्यक्तिहरुले आलोचना गर्नु राम्रो नभएको भन्दै सवैले रोकथाम तथा जनस्वास्थ्य मापदण्डका बिषयमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अव लक्षण चिन्ह देखिएपछि थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नन्दा बक्स गणका गणपति दिवाकर रायमाझीले शव व्यवस्थापन स्थल चाडै टुंग्याउन अनुरोध गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बरमबहादुर महत, नागरिक समाजका अध्यक्ष राजबहादुर महत सहित पत्रकारह , सरोकारवालाहरुले सूझाव दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्