OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २७, २०७७जुम्ला,
९३८ पटक

२७ असोज २०७७, मंगलबार 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थप अर्का डीन नियुक्ति गरिएका छन् ।  प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा थप अर्का डीन नियूक्त गरेका भनि प्रतिष्ठानका कर्मचारीहरु बिराेधमा उत्रिएका हुन् ।

कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ति जारी गरेर प्रतिष्ठानका दुईवटा डीनले काम नपाएको समयमा एक अर्को जनस्वास्थ्य संकायको डिनको पद सृजना गरी प्राध्यापक डाक्टर मुनिराज क्षेत्रिलाई नियूक्ति गरिएको बिषयमा विरोध गरेको छ ।

कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायको अध्यक्षतामा उपकुलपति राजेन्द्रराज वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य संकायको डीन अनियमित तरिकाले नियूक्त गरिएको बिषयमा विरोध गर्दै २४ घण्टा भित्र सो निर्णय फिर्ता लिन चेतावनी दिएको छ । समाजले सो निर्णय उपकुलपतिले नसच्याएमा कडा आन्दोलन गर्ने समेत बताएको छ ।

कर्णाली प्रतिष्ठानमा अहिलेका ३ वटा डीन मध्य पहिलो सरस्वती गौतम, दोस्रो प्राध्यापक डाक्टर रेशमबहादुर राना नियूक्त हुनु भएको र असोज २६ गते जनस्वास्थ्य डीन पदमा प्राध्यापक डाक्टर मुनिराज क्षेत्रिलाई नियुक्ति गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते आफुलाई नियुक्त गरेको डीन नर्सिङ सरस्वती गौतमले जानकारी दिनु भयो ।

गौतम पछि प्रतिष्ठानले डीन मेडिसिन प्राध्यापक डाक्टर रेशमबहादुर रानालाई नियूक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको हो । कोभिडको समयमा दुई जना डीनलाई खासै काम कम भएको बेला अझै अर्का डीन नियूक्त गर्नु उपकुलपतिले पदावधि जादै गर्दा पदको दुरउपयोग गरेका र राज्य कोष सिध्याउन आफ्ना मानिसहरुको भर्ति केन्द्र बनाएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । प्रतिष्ठानका अनुसार फागुन महिनमा उपकुलपति वाग्लेको पदावधि सकिदै छ ।

यता उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले प्रतिष्ठानलाई अव पाँच सय वेडको अस्पताल बिस्तार गर्नुपर्ने, एमविविएस शुरु गर्नुपर्ने भनेर सरकारवाट आएको र प्रतिष्ठानलाई अन्य हेल्थपोष्ट जस्तो गर्ने भएकाले सोही अनुसार काम भएको प्रतिक्रिया दिनुभयो ।

के छ कानूनी व्यवस्था ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०६८ स्थापना भई पदाधिकारी नियूक्त हुने प्रावधान छ । कर्णाली प्रतिष्ठान ऐनको परिच्छेद १ दफा २ परिभाषाको (घ) मा उपकुलपति, उपकुलपति, शिक्षाध्यक्ष, छनौट समितिका अध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक भन्ने व्यवस्था छ ।

तर सोही दफामा आवश्यकता अनुसारका पदाधिकारी नियुक्त गर्ने अधिकार पनि छ । उपकुलपति वाग्लेले पछिल्लो तेस्रो डीनमा नियूक्त गरेका महालक्ष्मी नगरपालिका २ ललितपरका प्रा.डा. मुनीराज क्षेत्रीलाई ऐनको दफा २३ उपदफा १ अनुसार नियुक्त गरिएको नियुक्तिमा उल्लेख छ । तर एउटै पदमा ३ जना व्यक्तिहरु नियूक्त गर्नु राम्रो नभएको कर्मचारीहरुले बताउदै विरोध जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्