OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २६, २०७७काठमाडौं
३३२ पटक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

 

छलफलमा अध्यक्ष दाहालले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीको समर्थनमा मुख्यमन्त्री शाहीविरुद्ध यस्तो रणनीति अघि बढाइएको बुझाई अध्यक्ष दाहाललको रहेको छ ।

तर ओलीले भने आफ्नो समर्थनमा यस्तो नभएको बताएका थिए ।

स्रोतका अनुसार दाहालले ओलीलाई यस्तो अनुरोध गरिरहँदा ओलीले भने प्रष्ट जवाफ दिएनन् ।

अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधी अन्य प्रदेशमा पनि देखिने  र यसले एकतामा आँच पुग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि सोमबार बिहानै दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा नेपाल निकट सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेश नेकपामा सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताप पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएकाे छ ।

प्रदेशमा नेकपाको कुल ३३ सिट रहेको छ । जसमध्ये २० सिट पूर्वएमाले, १३ सिट पूर्वमाओवादी समुहको छ । पूर्वएमाले मध्ये ओली निकट १२ र नेपाल निकट ८ सांसद रहेका छन् ।

पूर्वमाओवादी समुहमा वादल निकट ३ जना रहेका छन् भने बाँकी प्रचण्ड निकट छन् ।

अविश्वास प्रस्तावमा नेकपाका कुल ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन राखिएको प्रस्तावमा हस्ताक्षर गर्ने समुहले दुई मन्त्री र संसदीय दलका प्रमुख सचेतकको समेत समर्थन रहेको दावी गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्