OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २५, २०७७जुम्ला,
४३८ पटक

असोज २५ गते । पूर्व पशुपंक्षी राज्यमन्त्री गोमा कुँवर र जुम्लाको चन्दननाथ नगरपालिकाका नगर प्रमुख कान्तिका सेजुवाललाई कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उहाँहरुको स्वाब संकलन गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएकोछ । पूर्वराज्यमन्त्री कुँवरले केही दिन देखी उच्च ज्वरो र घाटीमा समस्या आएको देखिएपछि परीक्षण गराउदा नतिजा पोजेटिभ आएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा आफुलाई कोभिड १९ पोजेटिभ भएकाले प्रत्यक्ष सम्पर्कमा रहनुहुने महानुभावहरुलाई सतर्कता अपनाउन सूझाव दिनुभएको छ ।

यसैगरी चन्दननाथ नगरपालिका मेयर सेजुवालले आफुले पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको जानकारी गर्दै आफु सँग भेट भएका व्यक्तिहलाई स्वास्थ्य समस्या छ भने नगरपालिकामा सम्र्पक गर्न सूझाव दिनुभएको छ । मेयर सेजुवालले आफुलाई कुनै लक्षण चिन्ह नभएको जानकारी दिनुभयो ।

मन्त्री कुँवर, नगरप्रमुख सेजुवाल सहित एक जना अस्पतालकै स्वास्थ्यकर्मी सहित ५ जनामा शनिवार कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो । पूर्वमन्त्री कुँवर अस्पतालको आईसोलेशनमा भर्ना हुनुभएको र अरु होम आईसोलेशनमा रहेको उहाँले जानकारी दिनुभयो ।
क्याप्सन : पूर्वराज्य मन्त्री कुँवर र मेयर सेजुवाल तस्बिर नेत्र शाही सामाजिक सञ्जालबाट जुम्ला ।

प्रतिकृया दिनुहोस्