OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २४, २०७७काठमाडौं
८२० पटक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोख्रेलले नेपालको शैक्षिक सत्र सुनिश्चत गर्न सरकार लागिरहेको बताउनुभयो ।
एकिकृत नेपाल राहात शिक्षक संगठन केन्द्रीय समितिले गरेको “शैक्षिक आन्दोलनमा अधिकार र कर्तब्य प्रश्न” भर्चुअल वहश कार्यक्रममा कोभिड १९ ले पुरयाएको समस्याका कारण हरेक क्षेत्र प्रभावित हुनुका साथै शिक्षा क्षेत्रमा पनि प्रभाव परेको भन्दै शैक्षिक सत्र सुनिश्चत गर्नमा सरकारले जोड दिएको बताउनुभयो ।

विश्वका ४५ मुलुकले शैक्षिक सत्र गुमाएका छन् तर हामी नगुमाउनेमा गृहकार्य भईरहेको मन्त्री पोख्रेलले थप्नुभयो । उहाँले शिक्षको हरेक परिवर्तन र आन्दोलनमा ठूलो योगदान भएको भन्दै शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु कोभिड समस्या सामाधान पछि विस्तारै पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले जोखिम नभएका स्थानीय तहमा विद्यालय खुलाउने र नभएकोमा वैकल्पिक व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पोख्रेलले अव शिक्षाशास्त्री शिक्षक आफै वन्नुपर्ने बिषयमा आफ्नो क्षमता बढाउन अनुरोध गर्नुभयो ।

उहाँले शिक्षकले शिक्षकले पनि अधिकार सहित कर्तब्य पुरा गर्नमा बढि जोड दिन समेत निर्देशन गर्नुभयो । एउटा शिक्षकले आफ्नो कर्तब्यमा जोड नदिनेहो भने समाजनै बिग्रने भन्दै अधिकार सहित कर्तब्यमा जोड दिन अनुरोध गर्नुभयो । मन्त्री पोख्रेलले डा. गोविन्द केसी सँगको वार्तामा सरकार केन्द्रीत भएको भन्दै अन्य समयमा शिक्षाको लामो वहश छलफल तथा समस्या सामाधानमा सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता गर्नुभयो ।
वहश कार्यक्रममा मन्त्री पोख्रेलेले संविधानको अधिकार, दिगो विकास लक्ष्य सहित विभिन्न आधारमा शिक्षा क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । यसैगरी प्राप्त उपलब्धीको रक्षा गर्न आवश्यक रहेको छ । अधिकार सँगै कर्तब्यमा बढि जोड सवैले आवश्यक रहेको बताउनुभयो ।

शिक्षक टिकादेवी पौडेलले माक्सले भन्नु भएको संघर्ष र क्रान्तिले नै समाजलाई रुपान्तरण गर्छ । त्यस्तै शैक्षिक संस्थालाई कमजोर बनाएमा राज्य कमजोर हुने बताउनुभयो ।
वहश कार्यक्रममा शिक्षक भरतमणि तिमिल्सिनाले नेपालका शिक्षक आन्दोलनले ठूलो परिवर्तन भएको भन्दै तर आन्दोलन हुने तर विचैमा तुहिने कारणले समस्या कारणले शैक्षिक समस्या उत्तिकै भएको बताउनुभयो । शिक्षक लक्ष्मण बगालेले जीवन उपयोगी शिक्षामा जोड दिनुभयो । उहाँले चीनले फालेका थोत्रा सामानबाट बनेका मोवाईल देखी विभिन्न सामग्रीहरु हामी खरिद गर्ने तर हाम्रा घरका विग्रेका सामानहरु बनाउन अन्य व्यक्ति बोलाउने बिषयको अन्त्य पर्ने जीवन उपयोगी शिक्षा आवश्यक रहेको बताउनुभयो ।
यसैगरी सहभागी विभिन्न शिक्षकहरुले वहशमा भाग लिएका छन् । विभिन्न प्रदेशका शिक्षकहरुले शिक्षा सवालमा वहश गरेका एकिकृत नेपाल राहात शिक्षक संगठनले जनाएको छ ।

शिक्षिका पौडेल प्रथम :
वहशमा भाग लिने २१ जना शिक्षकहरुमध्य शिक्षकहरुमा शिक्षिका टिकादेवी पौडेल प्रथम हुनु भएको छ । प्रथम टिकादेवी पौडेल (काठमाण्डौ), दृतीय भरतमणि तिमिल्सेना ललितपुर, तृतीय शोभाकान्त पौडेल (गण्डकी) रहेका छन् । यसैगरी सान्त्वनामा राम प्रसाद ढकाल (पाल्पा), गोपाल वावु मरहट्ठा ( गोर्खा), राम केसी (सुर्खेत), र श्याम नेपाली ( सुदुरपश्चिम) रहेका एकिकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य राम रावलले जानकारी दिनुभयो ।

वहशमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा महिला विभाग अध्यक्ष नानीमाय पराजुलीले संगठनले वैशाख देखी डिजिटल आन्दोलन शुरु गरेको बताउदै शुभकामना दिनुभयो ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले शिक्षा सवालमा संगठनले डिजिटल आन्दोलन निकै महत्वपूर्ण भएको र सदनमा समेत आवाज उठेको बताउनुभयो । उहाँका अनुसार अव परिणाम ल्याउन सवैको सहकार्यमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले वहशको बिषयमा शिक्षकहरुबाट धेरै ज्ञान लिने अवसर पाएको भन्दै माक्सवादको चुरो कुरा संर्घषबाट बदल्ने भएकाले सवै नयाँ ढंगले लाग्नु पर्ने बताउनभयो ।

शैक्षिक वहशमा नेपाल शिक्षक महासंघका अध्यक्ष वावुराम थापा, नेपाल शिक्षक संघका  अध्यक्ष राजेन्द्रराज पौडेल, सहित विभिन्न शिक्षक अगुवाहरुको सहभागिता भएको थियो ।

प्रतिकृया दिनुहोस्