OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २४, २०७७जुम्ला,
६१३ पटक

असोज २३ गते । जुम्लाका स्याउ किसानलाई सरकारले ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन उपलब्ध गराएको छ । नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन उपलब्ध गराईएको स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

उहाका अनुसार भदौ १ गते १२ हजार कार्टुन ल्याएर किसानलाई दिईएको छ भदौ १ गते ६ हजार अरु कार्टुन किसानका लागि भित्र्याईएको कार्यालयले जानकारी दिएको छ ।

सरकारको सानो सहयोगले किसानलाई स्याउ सुरक्षित राख्न र निर्यात गर्न सजिलो हुने भएकाले यस बर्षे अनुदानका कार्टुनको कार्यक्रम राखिएको उहाँले जोड दिनुभयो । उहाँका अनुसार किसानलाई स्याउ कार्टुन बितरण गर्नका लागि समेत प्रस्तावना आवह्रान गरि छनौट गरेर बितरण गरिएको छ ।

स्याउ किसानलाई भने १५ हजार बितरण गरि सकिएको छ । हाल सम्म १५ हजार अनुदानका स्याउ कार्टुन बितरण गरिएको बितरणको जिम्मा पाएको सोपान प्रेस पाईभेट लिमिटेडका सदस्य राजबहादुर भक्रीले जानकारी दिनुभयो । उहाँका अनुसार रु एक सय १० रुपैयाको कार्टुन रु ५५ रुपैयामा किसानलाई उपलब्ध गराईएको छ । किसानहरुले ५० देखी एक हजार सम्म कार्टुन लिएका भक्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार कार्टुन बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

किसानलाई अनुदानमा कार्टुन दिएपछि स्याउ निर्यातमा सजिलो भएको गुठिचौर ४ खल्लाबाडाका किसान देविराम नेपालीले बताउनुभयो । यसैगरी सोही गाउँपालिका ५ धौताल सार्की, गुठिचौर ४ खल्लाबाडाका एकराज अधिकारीले एक एक हजारका दरले स्याउ कार्टुन लिएका छन् । यसैगरी तातोपानी गाउँपालिकाका पदम खत्री पाँचसय पचाँस, रतन खत्री पाँच सय पचाँस, गुठिचौर मुरुरी गाउँका तुलसी वोहराले रु छ सय कार्टुन लिएका सोपानका सदस्य भक्रीले जानकारी दिनुभयो ।

जुम्लामा आएको यस बर्षको कार्टुनमा १० देखी १२ केजी अट्ने र सजिलो भएको किसानहरुले जानकारी दिएका छन् । यस बर्ष जुम्लामा स्याउ ५० प्रतिशत कम फलेकाले खासै कार्टुनको अभाव नभएको किसानहरुले बताएका छन् । स्याउलाई सुरक्षित प्याकिङ गर्न राम्रो कार्टुनको आवश्यकता पर्दछ । सोही अनुसारको कार्टुन किसानले माग गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्