OnlinePana

आज : २०७९ चैत्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआश्विन २४, २०७७सुर्खेत
४४१ पटक

२४ असोज, २०७७ शनिबार

कर्णाली प्रदेशमा आज एकैदिन ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, चौरजहारी पीसीआर प्रयोगशाला कर्णाली प्रतिष्ठान जुम्लामा भएको आरटी पीसीआर परीक्षणमा ११६ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो । “कर्णालीमा कोरोना संक्रमण पुष्टि हुने यो अहिलेसम्मकै संख्या हो,” शिक्षा अधिकृत कँडेलले भन्नभयो, “पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।”

यस भन्दा अघिका दिनहरुमा ११४ व्यक्ति भन्दा बढी संक्रमितको संख्या ननाघेको हाँले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “जिल्लागत रुपमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई÷दुई, डोल्पा र मुगुका एक÷एक र अन्य प्रदेशका सात जनामा संक्रमण पुष्टि भएको छ ।”
आज ११६ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको संख्या चार हजार २६८ पुगेको छ ।

जुम्ला प्रतिष्ठान गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्ट कर्णालीको तथ्यांकमा समावेश नगरिएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो । कर्णालीमा आजका दिनसम्म ७९ हजार २५७ जनाको आरटी पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्