OnlinePana

आज : २०८० मंसिर २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २१, २०७७जुम्ला,
२७२० पटक

 

२१ असोज २०७७ बुधबार

चन्दननाथ मन्दिरको चोरी भएका मूर्ति मध्य दाहिने शंख भेटिएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बाेहोरा गाउँको खोलापाने स्थानको एक ओडारमुनि दायिने शंख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराइका अनुसार अनुसन्धान गर्दै जादा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लगाई चन्दननाथ मन्दिरको हराएको दाहिने शंख पत्ता लगाईएको छ ।
उहाँका अनुसार रातो प्लाष्टिक भित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिक भित्र फाईवरको क्वालिटी रंगको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शंख राखिएको भेटिएको हो ।

प्रहरीले तीन दिन अघि चन्दननाथ नगरपालिका  १० का स्थानीय सुशील बिष्टको खेतको आलिनिरको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा अन्य दुई मुर्ति भेटिएको र शकास्पद बिष्टसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परिएका मध्य एक जनाको सहयोग तथा बयान अनुसार दायाँ शंख भेटिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । बि.सं २०७३ साल मंसिर ११ गते मूर्ति चोरी भएको खुलासा भएको थियो । केही मूर्तिहरु सोही समयमा पत्ता लागेका थिए । सबै भन्दा ठूलो १८ केजीको चाँदीको मूर्ति गत २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा वेवारिसे अवस्थामा फालिएको भेटिएका थिए । मूर्ति चोरी घटनाको िवस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्याप्सन : चन्दननाथको हराएको मूर्तिहरु मध्य दाहिने शंख तस्बिर जिल्ला प्रहरी कार्यालय जुम्ला ।

प्रतिकृया दिनुहोस्